झापामा छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनाबाट दुई जनाको मृत्यु

0
1029

झापा।

झापामा शनिबार दिउँसो भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ ।

कमल गाऊपालिका–१ बालुबारी स्थित क्याम्पा सरङपाडा स्थितमा पौने १० बजे ना १ त ६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे ३ प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक शिवसाताक्षी नगरपालिका –४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रिपर र चालक सोही स्थानका चित्र कार्की प्रहरीको नियन्त्रणमा रहेका छन् । त्यस्तै झापा बाह्रदशी गाऊपालिका–५ कनकाई मार्गमा शनिबार नै मे११प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा स्कुटी चालक सोही स्थानमा ४३ बर्षीया कलसावती राजबंशी घाइते भई उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here