पूर्वाञ्चल कलाकार समाजको पद हस्तान्तरण , ढुंगानालाई सम्मान

0
806

बिर्तामोड , फागुन २९ ।

स्वस्थ समाजका लागि सामाजिक अभियानका संयोजक तथा गायक गणेश ढुंगाना बिर्तामोडमा सम्मानित भएका छन् ।

पूर्वाञ्चल कलाकार समाजको दोस्रो पद हस्तान्तरण कार्यक्रममा समाजको अक्षयकोष दाताको रुपमा ढुंगानालाई सम्मान गरिएको हो । ढुंगानालाई एक वर्ष दुई महिनाकी वालक आभाष योञ्जनले सम्मानपत्र प्रदान गरेका थिए ।

पूर्वाञ्चल कलाकार समाजका अध्यक्ष कृष्ण योञ्जनको अध्यक्षता तथा वरिष्ठ गीतकार तथा समाजका पूर्व अध्यक्ष शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका सहसचिव दिनेशराज शर्माले स्वागत गरेका थिए ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष शिवशंकर थापाले समाजको दोस्रो साधारण सभाबाट निर्वाचित अध्यक्ष कृष्ण योञ्जनलाई पद हस्तान्तरण गरेका थिए ।

 

कार्यक्रममा अध्यक्ष कृष्ण योञ्जन , उपाध्यक्ष भगवती ढुंगेल , सचिव कृष्ण पौडेल , सहसचिव दिनेशराज शर्मा , कोषाध्यक्ष मोनिका चुडाल ,सदस्यहरु शशिता राई , पवित्रा ओली , युवराज पोर्तेल, हेमा भण्डारीलगायतलाई परिचय पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा पूर्वाञ्चल कलाकार समाजका सल्लाहकारको रुपमा शिवशंकर थापा, हस्त परियार , अनिरुद्र ओली , हरि पौडेललाई चयन गरिएको थियो भने मणी वर्देवा, तेजस्वीनी वाँस्कोटा, भिम केरुङ ,रेवतबहादुर मगरलाई नयाँ सदस्यताको परिचय पत्र प्रदान गरिएको थियो ।

झापा जिल्ला नृत्य कलाकार संघका पूर्व अध्यक्ष लोकचन्द्र श्रेष्ठ (एलसी ) ले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पूर्वाञ्चल कलाकार समाजका सचिव कृष्ण पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here