तिम्सिनालाई पत्नी शोक

0
793

बिर्तामोड ।

पूर्वाञ्चल दैनिकका शुभचिन्तक विष्णुप्रसाद तिम्सिनालाई पत्नी शोक परेको छ ।

तिम्सिनाकी पत्नी देवीमाया तिम्सिनाको ५१ बर्षको उमेरमा मंगलवार निधन भएको हो । बिर्तामोड–१ अतिथि सदन टोल निवासी देवीमाया विगत दुई महिनादेखि अर्वुद रोगबाट पीडित थिइन् ।

कृपालुजी महाराजका अनुयायी तिम्सिना दम्पत्ति बिर्तामोडस्थित राधामाधव समितिका सदस्य हुन् । कमला प्रसाईं र खडानन्दकी छोरी देवीमायाका छोराबुहारीहरु दीपेन्द्र–अनिमा, घनश्याम–पुष्पा र मुकेश रहेका छन् ।

बिर्तामोडका पुराना औषधि व्यवसायी तथा औषधि व्यवसायी संघ मेचीका पूर्वउपाध्यक्ष बिनोद तिम्सिनाकी भाउजुर देवीमायाको मंगलवार स्थानीय कन्काई आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here