चिलिङ्देनमा बंगुर पालन सम्बन्धि अभिमुखिकरण

0
1133

युद्धबहादुर बोहोरा,
पाँचथर ।

फाल्गुनन्द गाउँपालिका–४ चिलिङ्देनमा बंगुर पालन सम्बन्धि कृषकलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वडाको पुरानो पञ्चमी बजारमा रहेको तीनचुले जडिबुटी तथा कृषि सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको प्रमुख आतिथ्य तथा उपाध्यक्ष देवित्राकुमारी आङ्देम्बे साथै प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोक,वडाध्यक्ष मानबहादुर चेम्जोङ ,सदस्य कविन्द्र लावती लगायतको उपस्थिति रहेकोे थियोे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पालिकाबाट १० लाख रुपैयाँ विनियोज भएको रकमबाट पहिलोपटक वडाका २५ जना किसानलाई परम्परागत खोरलाई सुधार गरी आधुनिक र व्यवस्थित निर्माण गर्न २५ हजार रुपैयाँको दरले अनुदान उपलब्ध गरिने भएको छ।

अन्य रकम नस्लसुधार तथा उन्नत जातको बिउ बंगुर खरिद गरी एआइ प्रविधि शुरु गर्ने,औषधि खरिद,उपचार,खोप लगायतका कार्यक्रम संचालन गरी बंगुर पालन व्यावसाय प्रति कृषकलाई उत्साह प्रदान गर्दै स्वरोजगारको माध्यमबाट बेरोजगार समस्या हल गर्ने लक्ष्य रहेको पालिका कार्यालयले जनाएको छ ।

पालिका भित्र संचालन हुने सबै कार्यक्रमलाई प्रभावकारी बनाउन पशुशाखा मार्फत थप प्राविधिक सेवा र परामर्श सहित अनुगमन समेत गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

कार्यक्रममा महाभारा पशुपंक्षी फर्म संचालकद्वय अमर र रविन नेम्वाङ,श्रीजंघा कृषि सहकारीका अध्यक्ष तारावीर नेम्वाङ,महिला कृषि सहकारी संस्थाका अध्यक्ष देवमाया नेम्वाङ र अन्य कृषकहरुको उपस्थित थियो ।

यस क्षेत्रमा कृषकहरु बंगुर पालनको पकेट क्षेत्र बनाउने उदेश्य राखेसंगै संघीय,प्रदेश र स्थानीय सरकारबाट आवश्यक बजेटको समेत अपेक्षा गरेको बताउँछन् । तीनचुले जडिबुटीका अध्यक्ष पेम्बा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिब अमर नेम्वाङले संचालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here