तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
बिर्तामोड पत्रपत्रिका सेन्टरका सञ्चालक भिमप्रसाद सिटौला र गणपति स्टील एण्ड आल्मुनियम हाउस र गणपति युपीभिसी झ्याल ढोका संसारका सञ्चालक गोपाल सिटौलालाई पितृशोक परेको छ ।

सिटौलाका बुबा देवीप्रसाद सिटौलाको ६५ वर्षको उमेरमा चैत २ गते सोमबार उपचारको क्रममा वीएण्डसी हस्पिटलमा स्वर्गारोहण भएको हो ।
कनकाई –३ सुरुङ्गा गणपति कम्प्लेक्स निवासी सिटौला मुटु सम्वन्धी समस्याबाट पीडित थिए । स्व.सिटौलाका श्रीमती छलीमाया पाठक सिटौला, दुई जना छोरा – बुहारीहरु भिमप्रसाद –मुना सिटौला, गोपाल–विन्दा सिटौला रहेका छन् ।
त्यस्तै दुई जना छोरी –ज्वाईंहरु पम्फा –अवि मैनाली , उर्मिला –राम बराल रहेका छन् भने चार जना नाती र छ जना नातीनी रहेका छन् ।

सिटौला सेवा समाज नेपालका आजीवन सदस्य , सिटौला वन्धु समवेदना सरहे कोषका दाता देवीप्रसाद नेकपा एमाले झापा गाउँपालिकाका सक्रिय एवम् पुराना कार्यकर्ता रहेका थिए ।
स्व. सिटौलाको चैत ३ गते मंगलबार कनकाई आर्यघाटमा दाहसंस्कार गरिएको थियो । कनकाई आर्यघाटमा लैजानु अघि स्व. सिटौलाको पार्थीव शरिरमा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, नेकपा एमाले कनकाई इञ्चार्ज रवीन्द्र लम्साल, नेकपा एमाले झापा गाउँपालिका इञ्चार्ज गजेन्द्र ताम्ली, भक्त वानियाँ ,टीका जमरकट्टेललगायतले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।































