पूर्व विद्यार्थीद्वारा बाल सुबोधिनीलाई ५० हजार रुपैयाँ सहयोग

0
521

दुहागढी ।

पूर्व विद्यार्थीले झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

पूर्व विद्यार्थी दाजु भाइ अमेरिकामा रहेका झइन्द्र सुबेदी र अष्ट्रेलियामा रहेका पुन्य सुबेदीले विद्यालयलाई सहयोग गरेका हुन् ।

बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच पूर्व विद्यार्थीहरुका बुवा एवम् विद्यालयका पूर्व अध्यक्ष जयप्रसाद सुबेदी र दाताहरुकी आमा तिलरुपा सुबेदीले संयुक्त रुपमा सो रकम विद्यालयका प्रधानाध्यापक विश्व थापालाई हस्तान्तरण गरेका थिए ।

रकम ग्रहण गर्दै प्रअ थापाले दाताहरुलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here