विराटनगरमा जुत्ताचप्पल मेला

0
1069

विराटनगर,

विगत वर्षमा झैँ यस वर्ष पनि विराटनगरमा जुत्ताचप्पल मेला लाग्ने भएको छ । बिहीबारदेखि शुरु हुने सो मेला आगामी वैशाख ५ गतेसम्म लाग्ने आयोजकले बताएको छ ।

मेलामा १२ कम्पनीका २० ब्राण्डका २५ हजार जोर जुत्ताचप्पल मेलामा रहने र करीब रु दुई करोड बराबरको कारोवार हुने फुटवेयर म्युनफ्याक्चर्स एशोसिएशन अफ नेपालका होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले देशभरमा करीब एक हजार ५०० जुत्ताचप्पलको कारखानाबाट बर्सेनि पाँच करोडभन्दा बढी जुत्ताचप्पल उत्पादन हुने गरेको जानकारी दिनुभयो ।

नेपालमा कुल आवश्यकता नौ करोड जोर जुत्ताचप्पलको माग रहँदै आएको बताइएको छ । लगभग ५५ हजार मानिसले प्रत्यक्ष रुपमा रोजगारी पाएको यस क्षेत्रको उत्रति र प्रगतिका लागि राज्यले आवश्यक पर्ने सामग्री जुटाई दिन सहयोग गर्नुपर्ने आयोजकका तर्फबाट उपाध्यायले बताउनुभयो ।

मेला यहाँको जलजल सिनेमा हल रोड नजिक ६० कक्षमा सञ्चालन गरिने र यसका लागि ग्राहक एवं उपभोक्तालाई विशेष सहुलियत पनि प्रदान गर्ने भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here