प्याब्सनको प्रदेश भेला

0
1009

झिलझिले।

कोभिड १९ले थलिएका संस्थागत विद्यालयको पुनस्र्थापनका लागि प्याव्सनले नीति तथा कार्यक्रम ल्याएर निजी विद्यालयको मनोभावना उच्च बनाउने प्याब्सनका केन्द्र्रीय अध्यक्ष टीकाराम पुरीले बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को १ नम्बर भेलालाई सम्बोधन गर्दे केन्द्रीय अध्यक्ष पुरीले केन्द्रले कोभिडका कारण बन्द भएका निजी विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थीको मनोभावनालाई सम्बोधन हुने खालको कार्यक्रम ल्याउने तयारी गरेको बताए । उनले भने– शिक्षा क्षेत्रमा लगानी गरेका शिक्षा क्षेत्रका उद्यमी निराश नहुनुहोस् ।

सरकारसँग कोभिडले पु¥याएको क्षतिका बारेमा केन्द्रीय समितिले पटक–पटक कुरा गरिरहेको छ– उनले भने– परिणाम पोजेटिभ आउनेमा हामी ढुक्क र्छौ । तीन तहकै सरकारसँग कार्यगत एकता गर्दे प्याव्सनले परिणाममुखी कार्यक्रम अघि बढाएर शिक्षा क्षेत्रमा लगानी गरेका उद्यमीको लगानी डुब्न नदिन केन्द्रीय समितिको सरकारसँग छलफल भइरहेको उनले बताए ।

प्याब्सनको केन्द्रदेखि पालिकासम्म रहेका संरचनालाई एउटै पानमा गाभिनुपर्ने भेलामा जोड दिइएको थियो । जहाँ कारोबार छ, राज्य पक्षले त्यहीको अभिलेख राखी सोको प्रतिवेदन केन्द्रलाई बुझाएर कर संकलन गर्न सरकारलाई आग्रह गरिएको छ । यसअघि तीन तहकै प्याव्सनको पान नम्बरबाट अलग–अलग काम कार्वाही हँुदै आएको छ । भेलामा प्याव्सनको बिगत तथा वर्तमानको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो भने शिक्षाका नीति, ऐन र कार्यक्रमका बारेमा पनि दफाबार छलफल भएको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)को १ नम्बर प्रदेशका अध्यक्ष युवराज वशिष्ठको अध्यक्षतामा भएको भेलामा उपाध्यक्ष नारायण प्रसाद घिमिरे, केन्द्रका सह अध्यक्ष डिके ढँुगाना, केन्द्रीय महासचिव कुमार घिमिरे, कोषाध्यक्ष सन्तोषमणि न्यौपाने लगायतले मन्तव्य राखेका थिए । प्रदेशका सचिव सुमित थापाले सञ्चालन गरको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष टीकाराम ढकालले गरेको प्याव्सनका १ नम्बर प्रदेश उपाध्यक्ष मिलन ढुंगानाले जानकारी दिए ।

झापाको पाडाजुँगीमा भएको भेलामा १ नम्बर प्रदेशका प्याव्सनका महाधिवेशन प्रतिनिधि, नगर अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष र १४ जिल्लाका सबै कार्यसमिति गरी ३२२ जना सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here