मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट औपचारिक रुपमा उद्घाटन

0
1190

धुलावारी,

प्रदेश नम्बर १ को झापा जिल्ला मेचीनगर— १० रघुवीरबाडीस्थित धुलावारी क्याम्पसमा सञ्चालित मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको शुक्रबार औपचारिकरुपमा उद्घाटन भएको छ । इन्स्टिच्युटका अध्यक्ष समेत रहनु भएका मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र इन्स्टिच्युटका उपाध्यक्ष एवम् नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

मेचीनगरक्षेत्रमा प्रविधिक शिक्षा उच्च तहको अध्ययनको आवश्यतकालाई मध्य नजर गरी न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन लिई आर्किटेक्चर इन्जिनियरिङ र सुचना प्रविधि को ३ वर्षे डिप्लोमा तहका २ वटा कार्यक्रम सञ्चालन हुने छन् ।

यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीको साझेदारी कार्यक्रम अन्तर्गत रहेको बताईएको छ । उद्घाटनका क्रममा नगरप्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका आचार्यले नगरक्षेत्रभित्र रहेका आवश्यकताहरुलाई प्राथमिकताका आधारमा परिपुिर्त गदैं लैजाने बताउनुभयो । उहाँले स्वास्थ्य र शिक्षा हरेक मानिसका नैसर्गिक अधिकार भएकाले यी अधिकारी नगरवासीले समेत सर्वसुलभ ढंगबाट प्राप्त गर्नुपर्ने बताउदैं यसका लागि नगर सरकार दत्तचित्त भएर अघि बढेको बताउनुभयो ।

अहिले नगर सरकार विभिन्न विधामा दक्ष जनशक्ति उत्पादन गर्न तर्फ लागेको भन्दैं उहाँले यदि कुनै पनि मानिसमा कुनै न कुनैको सीप भए उस्ले वेरोजगार बस्नुनपर्ने धारणा राख्नुभयो । अहिलेको युग प्रविधिको युग भएकाले हरेक मानिसले प्रविधिलाई पछ्याउनुपर्ने उहाँको भनाई थियो । सीप भएकालाई पनि जस्तोसकुकै अवसर प्राप्त हुने उहाँको भनाई थियो ।

हात कुनै न कुनै सीप भएको मानिसको पेट कहिले पनि भोको नहुने र स्वरोजगार प्राप्त हुने भएकाले अहिले देशमा बढि रहेको वेरोजगार समस्या समाधानका लागि यस्तो अवसरमा मेचीनगर सरकारले स्थानीय ठाउँमा ल्याएको बताउनुभयो । यो अवसरलाई सवैले बेलैमा सहिरुपमा सदुपयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

देशमा पर्याप्तरुपमा दक्ष जनशक्ति भए मुलुक आफै समृद्घतर्फ अघि बढ्ने विश्वास व्यक्त गदैं कार्यक्रमका सभापति समेत रहनुभएका प्रमुख आचार्यले एउटा परिवारका कुनै सदस्यमात्र दक्ष जनशक्ति भए पुरै परिवार मजवुत हुने बताउनुभयो ।

नगरप्रमुख आचार्यले यसलाई नगरकै गहनाका रुपमा लिएर आ आफ्नो ठाउँबाट सहयोग गर्न सवैमा आग्रह गर्नुभयो । उहाँले हालको धुलावारी क्याम्पसमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्दा धुलावारी क्याम्पसको अस्तिव्त समेत संकटमा पर्छ कि भन्ने कसैलाई पनि शंका नगर्न आग्रह गदैं धुलावारी क्याम्पसको अस्तित्व कुनै हालतले संकटमा पर्न नदिने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘प्राविधिक विषय पढौं स्वरोजगार बनौं ’भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेर नगरपालिकाले मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको सञ्चालनमा ल्याएको बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रममा प्राविधिक शिक्षाको विषयलाई प्राथमिकतामा राखेको समेत बताउनुभयो । उहाँले स्थानीय सरकारले निक्कै मिहनतका साथ यो पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा ल्याएको बताउनुभयो ।

उपप्रमुख एवम् इन्स्टिच्युटका उपाध्यक्ष उप्रेतीले कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधारदेखि अन्य कुनै पनि कुराको कमि आउन नदिने बताउनुभयो । इन्स्टिच्युट सञ्चालनका लागि नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको उहाँको भनाई थियो । मेचीनगरलाई शैक्षिक हवकारुपमा विकास गर्न स्थानीय सरकार लागि परेको उहाँको भनाई छ ।

इन्स्टिच्युटका प्रमुख प्रशासक पुष्पराज पौडेलले नगरका तीनवटा कलेजमा विभिन्न विषयमा अध्ययन गराउने तथा विद्यार्थीहरुको तानातान आफूले चाहेको विषय पढन टाढा टाढा धाउनुपर्ने बाँध्यताको अन्त्यका लागि समेत धुलावारीमा प्राविधिक विषयको पढाई शुरु गर्दा यहाँका विद्यार्थीलाई धेरै राहत मिलेको बताउनुभयो ।

काँकरभिट्टा क्याम्पसमा व्यवस्थापन, चारआलीको त्रिदेव क्याम्पसमा शिक्षा संकाय र धुलावारी क्याम्पसले प्राविधिक शिक्षाको व्यवस्था मिलाएको बताउनुभयो । हाललाई धुलावारी क्याम्पसकै संरचना प्रयोग गर्ने तथा कुल सात विगाह जमीनमध्ये ५ विगाह जमीनमा प्राविधिक क्याम्पस सञ्चालन हुने धुलावारी क्याम्पसका प्रमुख समेत रहनु भएका पौडेलले बताउनुभयो ।

मेचीनगरक्षेत्रमा प्रविधिक शिक्षा उच्च तहको अध्ययनको आवश्यतकालाई मध्य नजर गरी न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन लिई आर्किटेक्चर इन्जिनियरिङ र सुचना प्रविधि को ३ वर्षे डिप्लोमा तहका २ वटा कार्यक्रम सञ्चालन हुने इन्स्टिच्युटकाप्रिन्सिपल इन्जिनियर रुद्र मैनालीले जानकारी दिनुभयो ।

उहाँले इन्जिनियरिङका विविध विधाहरुमध्ये आर्किटेक्चर इन्जिनियरिङ एक प्रमुख र लोकप्रिय विधा भएको र विकसित देश विकासोन्मुख देश र अति कम विकसित देशका धेरै मानिसलाई आर्किटेक्चर इन्जिनियरिङको वृहत प्रयोगका लागि जोड दिने गरेको बताउनुभयो ।

यसले भौतिक पूर्वाधारको चौतर्फी विकासका लागि विश्वलाई सहयोग गरिरहेको भन्दैं यसले सार्वजनिक र निजी दुबै क्षेत्रहरुमा पेसा र स्वरोजगारका अवसर सिर्जना गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यो पाठ्यक्रम नेपालको राष्ट्रिय आर्थिक विकासमा योगदान पुर्याउन आवश्यक पर्ने जनशक्तिको माग पूरा गर्नका लागि आर्किटेक्चर इन्जिनियरिङ सम्बन्धी ज्ञान र सीप भएका मध्यम स्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्घेश्यले तयार गरिएको उहाँले बताउनुभयो । यसैगरी सूचना प्रविधि इन्जिनियरिङ र प्रविधिको क्षेत्र भएको उहाँको भनाई छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा इन्स्टिच्युटका प्रमुख व्यवस्थापक होमनाथ भण्डारीले दुवै कार्यक्रममा ४८÷४८ जना विद्यार्थी कोटा रहेको बताउनुभयो । मेचीनगर नगरपालिकाभित्र प्राविधिक शिक्षाका प्राविधिक एसएलसी तहका कार्यक्रम मात्रै सञ्चालन रहेकोमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको स्थापनाले डिप्लोमा तह अध्ययन गर्ने अवसर प्राप्त भएको जानकारी दिनुभयो । तर, आर्किटेक्चर इन्जिनियरिङमा कोटा पुरा भए पनि सुचना प्रविधिमा २३ जनामात्र भर्ना भएका छन् ।

सामुदायिक तथा निजी संस्थाहरुमा सूचना प्रविधिसम्बन्धी सेवा दिनसक्ने मध्यम स्तरीय दक्ष प्राविधिक मान संसाधन उत्पादन गर्ने, सामुदायिक तथा निजी संस्थाहरुका सामान्य सञ्चार बैकिङ्ग, तथा व्यापारका निश्चित क्षेत्रहरुमा काम गर्न सक्ने प्राविधिकहरु तयार गर्नु, पेसा तथा सामाजिक सांस्कृतिक मूल्य मान्यताप्रति सकरारात्मक सोच राख्ने प्राविधिक जनशक्ति तयार गर्ने, नेपालको सार्वजनिक र निजी संस्थाहरुका लागि आवश्यक पर्ने सूचना प्रविधिसम्बन्धी प्राविधिकहरुको माग पूरा गर्नु । विदेशी प्राविधिक रोजगारहरु प्रतिको परनिर्भरता घटाउनु र अत्यवधिक स्वरोजगारीका अवसर सिर्जना गर्नु यस कार्यक्रमका मुख्यः उद्घेश्य रहेको भण्डारीले बताउनुभयो ।

अध्ययनका लागि माध्यमिक शिक्षा परीक्षामा गणित र विज्ञान बिषयमा न्यूनतम सी ग्रेड तथा अंग्रजीमा डी प्लस गरेको हुनुपर्नै तथा विगताको एसएलसी उतीर्ण विद्यार्थीहरुका हकमा गणित, विज्ञान अंग्रेजी विषयक लिएको हुनुपर्ने आवश्यक योग्यता कायम गरिएको छ । इन्स्टिच्युटको उद्घाटनकै अवसरमा विद्यार्थीलाई स्वागत तथा छोटो अवधिको कम्यूटर हार्डवयर तालिमसमेत शुरु भएको छ । उक्त तालिम नगरका प्रत्येक वडाबाट २÷२ जनालाई निःशुल्क प्रदान गरिएको हो ।

उद्घाटन समारोहमा १० नम्बर वडाका वडाध्यक्ष सुवेश पनेरु, विभिन्न राजनीतिक दलकातर्फबाट नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती। धुलावारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवासलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here