बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण

0
1113

तुलसीप्रसाद निरौला,बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघको नवनिवार्चित कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण भएको छ ।

 

बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार आयोजित सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले नवनिर्वाचित अध्यक्ष प्रकाश शिवाकोटीलाई माइन्युट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका हुन् ।

गत फागुन १६ गते भएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्ष शिवाकोटी सहित वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने ,उद्योग सचिवमा सञ्जीव घिमिरे ,वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे राजु , जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई , महासचिवमा अर्जुन मैनाली ,उद्योग सचिवमा कुशल खतिवडा ,वाणिज्य सचिवमा कृष्ण पौडेल , कोषाध्यक्षमा दीपेन्द्र राउत ,सहकोषाध्यक्षमा राधिका चुडाल हुमागाईं निर्वाचित भएका थिए । त्यस्तै सदस्यहरुमा गुञ्जन प्रसाईं, गौरीशंकर गुप्ता टिंकु , जीवनकुमार खड्का, दीपक मित्तल , बलराम सिटौला(राम), विशाल थापा , पुकार बराल , महिला सदस्यमा तुलसा खनाल ढकाल र रुची शिवाकोटी निर्वाचित भएका थिए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक शेखर ढकालले नवनिर्वाचित अध्यक्ष शिवाकोटीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको पिन नवनिर्वाचित अध्यक्ष शिवाकोटीलाई लगाइदिएका थिए ।

 

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ढकालले राजनीतिबाट मुक्त भएर, स्वार्थभन्दा माथि उठेर उद्योगी, व्यवसायीको हितमा लाग्न बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सुझाव दिएका थिए ।

स्वदेशी उत्पादनमा जोड दिन व्यवसायीले भूमिका खेल्नुपर्ने बताउँदै उनले स्थानीय उत्पादन र बजारीकरणमा विशेष सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघ व्यवसायीको हकहितका लागी संधै प्रतिवद्ध रहेको बताउँदै प्रमुख अतिथि ढकालले बैंकको ब्याजदर घटाउन महासंघले पहल गरिरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुकृष्ण वैध , उमेश डालमिया, प्रदेश अध्यक्ष टीकाराज ढकाल , संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी , नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईंलगायतले व्यवसायीको समस्या समाधान गर्न सफलता मिलोस् भन्दै नवनिर्वाचित समितिलाई वधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक शेखर ढकालले बिर्तामोड उद्योग वाणिज्य संघको मतदान शान्तपूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने उद्योगी–व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाज, बुद्धिजीवीसहित आम सर्वसाधारणलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईले साढे तीन वर्षको कार्यकालमा आफू अध्यक्ष हुँदा बिर्तामोड उद्योग वाणिज्य संघले गरेका कार्यहरुको बारेमा जानकारी गराएका थिए भने नवनिर्वाचित अध्यक्ष प्रकाश शिवाकोटीले आफू उद्योगी, व्यवसायीको हितमा सदैव लागीपर्ने बताउँदै आफ्नो कार्यकालमा बिर्तामोड उद्योग वाणिज्य संघलाई नयाँ उचाइ प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने निर्वाचन समितिका पदाधिकारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here