मेयरसंग बालबालिका

0
1048

माई,

मेयर संग बालवालिका संवाद कार्यक्रम बिहिबार माई नगर पालिका ईलाममा सम्पन्न भएको छ । माई नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा माई नगर भित्रका बालबालिकाले माईका मेयर संग बालबालिकाका समस्याका बारेमा खुलेर प्रश्न राखेका थिए ।

सहभागि वालवालिकालाई मेयर दिपक कुमार थेबेले उत्तर दिदै बालअधिकार अधिकार प्राप्तिमा अब कुनै समस्या हुन नदिने प्रतिबद्दता गर्नुभयो । नगर भित्रका सय भन्दा बढी बालबालिका सहभागी रहेको कार्यक्रममा मेयर थेबे, उपमेयर बिष्णुमाया आचार्य, प्रशासन शाखा प्रमुख नबिन कुमार पौड्याल, महिला शाखा प्रमुख जमुना पौड्याल, कन्काई माबिका प्रधानाध्यापक हरि प्रसाद पौड्याल लगायतले वालबालिकाका सबालमा जबाफ दिनुभएको थियो । बालबालिकाहरुले बिधालय कक्षा कोठाको समस्या, अव्यबस्थित बसाई, खानेपानी तथा वालमैत्री संरचना लगायतका बिषयमा सरोकारबालालाई प्रश्न सोधेका थिए । यसै विच बिहिबारनै माई नगरपालिका भित्रका माध्यामिक बिधालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here