मेचीपारिका विद्यार्थीलाई पोसाक र स्कुल ब्याग वितरण

0
1163

झापा,

भारतीय सीमावर्ती क्षत्रसँग जोडिएको भद्रपुर नगरपालिका-३ स्थित मेची नदीपारिमा रहेको आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोसाक र स्कुल ब्याग वितरण गरिएको छ।

सीमान्तकृत आदिवासी र मधेसी समुदायका बालबालिकाहरू अध्ययनरत मेचीपारि आधारभूत विद्यालयमा पुगेर स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा उनका भाइ भद्रपुर-६ का उद्योगपति दिनबन्धु गोयलले पोसाक र स्कुल ब्याग वितरण गरेका हुन्।

विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच उद्योगपति गोयल र भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले विद्यालयमा जडित विद्युतीय खानेपानी फिल्टरको पानी विद्यार्थीलाई खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए।

धारा नभएको गाउँमा विद्यार्थीले स्वच्छ र सफा खानेपानी पिउने उद्देश्यले विद्यालयलाई एक थान विद्युतीय फिल्टरसहित धाराका सामग्री गोयलले उपलब्ध गराएका थिए। गोयलले विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ७ सम्मका सम्पूर्ण विद्यार्थीलाई पोसाक र ब्याग उपलब्ध गराएका हुन्।

गोयलले भद्रपुरका सामुदायिक विद्यालयहरूलाई पनि बर्सेनि शैक्षिक सामग्री उपल्पध गराउँदै आएका छन्। केही दिनअघि मेचीपारि गाउँका नौजना छात्रालाई लायन्स क्लब अफ भद्रपुरले निःशुल्क साइकल प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here