होलीलाई भड्किलो नबनाऔं

0
888

बिन्दु अधिकारी,

‘होली खेल्न आउन गोपिनी, कृष्णजीो बन्सीको धुन सुनी’ जस्ता भजनदेखि ‘होलीले मेरो रङ्गायो नयाँ चोली, इन्द्रेणी रङ लिइ आयो होली…..’ हुँदै हुँदै; आजको आधुनिक युगमा बजाइने होलीका डिस्को रिमिक्स गीतसम्मको यात्रामा होली या फागू पूर्णिामाको रंगरुप नै परिवर्तन भइसकेको छ । नयाँ युग, नयाँ शताब्दी र इन्टरनेटको दुनियाँमा अन्धाधुन्ध रमाइरहेका नयाँ पुस्ताहरु त भए÷भए, उनीहरुसँगै अघिल्लो पुस्ता का हामीले समेत यो होली पर्व आजकल यसरी मनाउँदैछौ सायद यो भन्दा अगाडि यो पर्व मनाएकै थिएन ।

अचम्म त यो छ कि ठूलाबडा÷ आमाबुबाहरुले छोराछोरीलाई सही मार्गदर्शन गर्दै चाडपर्ब मनाउने सही र सान्दर्भिक तरिका सिकाउनु पर्ने अवस्थामाः हामी समाज या परिवारको जिम्मेवार सदस्यहरु नै ती अबोध नानीहरुको जीवनशैलीको अनुशरण गरिरहेका छौ । आधुनिकता, फेशन, मनोरञ्जन र सम्पन्न जीवनशैली अपनाउन बिदेशी संस्कृतिको अन्धो नक्कल गर्ने धुनमा हामीले सबै भुलिसक्यौ, गुमाइसक्यांै हामीले ती संस्कार, सस्कृति, परम्परा धर्म र सामाजिक मूल्य–मान्यता जुन हाम्रा पूर्खाले हामीलाई सुम्पिएर गएका छन् । अनि आफूले आफूलाई सही साबित गर्न सजिलै भनिदिन्छौ– ‘जमाना कहाँबाट कहाँ पुगिसक्यो ! समय अनुसार चल्नै प¥यो नि !’

आजभोलि होलीले न त चोली रंगाउँछ, न त कसैको मन मुटु । न त कृष्णजीको बाँसुरीको जस्तो सुमधुर धुन या संगीत सुन्न पाइन्छ, न त अबिरका इन्द्रेणी रंगका बादलले हाम्रो दुःखकष्टको कालो बादललाई उडाएर नै लैजान्छ । रंगाउँछ त केवल सेतो भेस्ट, खैरो कपाल, फेसबुकको प्रोफाइल, साथमा कालो निलो भइ ढाकिन्छ सडकका पेटी, मानिसको मुहार र टिकटक, युट्युब जस्ता सामाजिक सञ्जाल । पहिले–पहिले भाङ खानु ठूलै कुरा मानिन्थ्यो अरे तर यो शताब्दिका महान हस्तीहरुलाई त भाङले मात्र के होला र ! कुन–कुन ब्रान्डको के के हो के के ? के गर्नु र ? चाडपर्व मनाउनै पर्छ रे ! थोरै आधुनिक त हुनै पब्यो नि !

होली खेल्ने बहनामा रंग मात्र ले त कहाँ भयो र ! अबिर मात्र खेल्नु त पुरानो चलन रे ! टमाटर, अण्डा, मोबिल आदि को प्रयोगमा छुट्टै आनन्द छ ! त्यति त छँदैछ, जहाँ पायो त्यही को दुषित पानीः त्यसमा जस्तो भेट्यो त्यस्तो रङ मिसाइ लामो लामो पिचकिरीमा भरिन्छ, अनि कसैको रमाइलो खेलठट्टाको को शिकार हुन्छ आवश्यक काममा हतारिएको कामकाजी मानिस । के हुन्छ र अरुलाई अलिकति तनाब दिँदा ? आखिर चाडपर्व मनाउन त पाइन्छ नै ! कहिले काहिँ त हो नि !

हामी नेपालीले राष्ट्रिय पोशाक, दौरा, सुरुवाल, फरिया , चौबन्दी, पछ्यौरी र ढाका टोपी त बिर्सिनै लागिसक्यौ, तर होलीको लागि युनिफर्म बन्दैछ सेतो भेस्ट र छोटो हाफ पेन्ट, स्पोर्ट्स जुत्ता, रंगिन नक्कली कपाल र थरि–थरिका मकुन्डो । त्यति युनिफर्म लगाएर डिजे बाला डान्समा कम्मर हल्लाउँदा अनि मात्र आउँछ रे होलीको असली मज्जा ! ठीकै त हो ! सँधै काम मात्र कति गर्नु ? हल्का रमाइलो पनि गर्नै पर्छ, एकपटक को जुनिमा !

दैत्यको राजा हिरन्यकस्यपले सृष्टिकर्ता ब्रम्हाजीको लामो र कठिन तपस्या गरेपश्चात ब्रम्हाजी प्रशन्न भएर बरदान दिनु भएको थियो रे कि, उ आकाशमा मर्ने छैनः पातालमा मर्ने छैनः दिनमा मर्ने छैन, रात्रीमा मर्ने छैनः मानिसबाट मर्ने छैनः पशु बाट मर्ने छैन ।

यस्तो अभूतपूर्व बरदान पाएपछि उसले आफूलाई भगवान सम्झ्यो अनि भगवान बिष्णुको सट्टा उसको पूजा आराधना गर्नकै लागि सबैलाई हुकम दियो । जसले उसलाई भगवान मान्न अस्वीकार गरि बिष्णु भगवानको पूजा गर्थे, ती सबैको बध गरिदिन्थ्यो । तर, दुर्भाग्यवस उसको आफ्नै पुत्र प्रल्हाद भगवान बिष्णुको कट्टर भक्त हुनाले र दिनरात बिष्णु बिष्णु भनी जप ध्यान र आराधनामा मग्न भएकोले उसलाई सहनयोग्य भएन । आफ्नो स्वार्थ, घमण्ड र आवेशमा मात्तिएर उसले आफ्नै छोरा बिष्णुभक्त प्रल्हादलाई पनि मार्न षड्यन्त्र रच्यो ।

कहिले भिरबाट झारेर, कहिले हात्तीद्वारा कुल्चाएर, कहिले सर्पलाई टोकाएर, आदि अनेकौं रणनीति कुनै सफल नभएपछि , आफ्नी बहिनी होलिकासँग मिलेर नयाँ षड्यन्त्र रच्यो । स्मरण रहोस् किः होलिकालाई बिष्णुको बरदान थियो, जसको कारण उनी अग्निमा दहन हुँदैन थिइन् र अग्निले उनलाई कुनै हानी पु¥याउँदैन थियो ।

आफूले पाएको त्यही बरदानको दुरुपयोग गर्दै पुर्णिामा को समयमा उनी भक्त प्रल्हादलाई काखमा लिएर गुइँठा र दाउरा राखि बनाइएको ठूलो चिता÷मचान मा बसिन् र त्यसमा आगो लगाइयो । आगोको ज्वाला बढ्दै गयो, सबैले सम्झे प्रल्हाद भस्म भए, तर बिष्णु भगवानको कृपाले मन्द मन्द हावा चल्न गइ होलिकाले ओडेको आशिर्वाद रुपी बर्को उडाएर प्रल्हाद को पूरा शरीर ढाकिदियो । अन्ततः असत्य होलिकाको दहन भयो, अनि सत्य भक्त प्रल्हादको बिजय भयो । यसै किम्बदन्ती का आधारमा होलिका दहन को नामबाट ‘होली पर्व’ नामाङ्करन हुन गइ ः असत्यमाथि सत्यको जित भएको दिन, भनेर रङ अबिर र पुष्पवृष्टि गरी खुशियालीका साथ सदियौदेखि होली या फागू पूर्णिामा मनाउँदै आइएको छ ।

साथीभाइ, परिवार, आफन्त, छरछिमेकी भेला हँुदै सुख–दुःख बाढ्ने, अनि आपसी माया, प्रेम, सद्भाव, आत्मियता साटासाट गर्दै, अबिरको रातो, हरियो, पहेलो रङहरु एकापसमा छर्किएर, खुशी र हर्षका रङहरुले जीवन रंगीन बनोस् भन्ने कामना गर्दै मनाइने होली या फागु पुर्णिामा सम्भवतः सबैभन्दा उत्कृष्ट र मनमोहक पर्व हो । न त उमेर को, न त जात धर्मको न त धनी गरीब, न त ठूलो सानो, कोही कसैमा भेदभाव हुँदैन यो पर्वमा । ‘होली’ मात्र एक यस्तो अवसर हो जहाँ आत्मीयता र भाइचाराको रंगमा रंगिएपछि सबैको मन एउटै, सबैको भावना एउटै, सबैको हाँसो खुशी एउटै, पूरा मानव समाज हामी सबै एउटै । यस्तो महान र यति सुखदायी पर्वको हामीले संरक्षण गर्नै पर्दछ ।

जुन बिकृति आज होली मनाउने बहानामा भित्रिँदै छ, त्यसले धेरै भयानक रुप लिन सक्छ । कतिको ज्यान जान सक्छ, त कतिको घरवार उझाडिनु सक्छ । कति टुहुरा हुनसक्छन, त कतिको सिउँदो पुछिन सक्छ । हाम्रो कला, संस्कृति, धर्म र पुरातात्विक किम्बदन्तीहरु मासिन सक्छन्, अनि पूर्खाहरुले कति दुःख–कष्ट सहेर जगेर्ना गरिदिएको हाम्रो अनमोल संस्कार, सामाजिक मूल्यमान्यता, आस्था र विश्वासका गाथाहरु मेटिइन् सक्छन् । हामी नेपाली अनेकतामा एकता खोज्ने, बिरता र सत्यतामा अघि बढ्ने अनि अनेकौ धर्म, संस्कृति, चाड पर्व र सामाजिक सस्कारका कारण विश्वभरमा परिचित छौं । यी साना ठूला हरेक कुरामा जोडिएको छ हाम्रो अस्तित्व ! हाम्रो परिचय ! र, हाम्रो आत्मसम्मान !

मानब सभ्यता र यो समाज हामी सबैको साझा धरोहर हो । समाजमा फैलिँदै गएको गलत संस्कार र आचरन लाई सबै मिलेर समय मै सच्याउनै पर्छ । आमाबुवा, दाजुभाइ, दिदीबहिनी, साथी या समाजका प्रत्येक जिम्मेवार सदस्यले आफूभन्दा सानो या गलत सोचको शिकार भएका सबैलाई सही मार्गदर्शन गर्नै पर्दछ । समाज, परिवार, स्थानीय सरकार कानून या तपाईं हामी सबै मिलेर भड्किलो, उताउलो र उत्तेजित तवरले चाडपर्व मनाउने जो कोहीलाई पनि समय सान्दर्भिक सजाय दिनैपर्छ । नत्र रहने छैन कुनै चाड ! मनाइने छैन केही पर्व ! न सम्मान हुनेछ कुनै संस्कार को ! न त अनुशरण गरिनेछ हाम्रा असल सामाजिम रितिरिवाज, नियम र परम्पराहरुको !

परापूर्वकालदेखि नै जुन रितितिथि, धर्म, सत्यता, संस्कृति परम्परा र संस्कारको जिवन्त गाथा यो होली पर्वले बोकी ल्याएको छ, त्यसको जगेर्ना गर्न हामीले सकेनौ भने भोलिको आउँदो पिंढीले हामीलाई धिक्कार्ने छन् । सराप्नेछन् हाम्रो सोच र जीवनशैलीलाई अनि थुक्नेछन्, हामीले अनुशरण गरिरहेका ती भ्रमित र बिकृत कार्यशैली र व्यवहारहरुलाई ।

धर्म, संस्कृति र संस्कारको नाममा हामी भोलिको पुस्तामा के हस्तान्तरण गर्न सक्छौ, जसमा उनीहरुले हामीमाथि गर्व गरून् ? आज बिरता र सत्यताको कुन गाथा लेखिरहेका छौ, जुन भोलि उनीहरुले गाउन सकून् ? अनि कस्तो सामाजिक व्यवहार , आत्मीयता, समझदारी, सत्यता र मित्रताको आचरण पहिल्याउँदै छौ, जुन पुस्तौपुस्तासम्म उनीहरुले अनुशरण गरिरहन सक्नेछन् ? आखिर केही नभए पनि बाबा ! आमा !! होली के हो ? र, होली कसरी खेलिन्छ ? भनेर सम्भवतः २०÷२५ बर्स पछि जन्मिन सक्ने तपाइ हाम्रो छोराछोरी या नातानातिनीले सोधे भने के उत्तर दिने ? त्यतिखेर प्रल्हादको कथा सुनाउने हो ? या, आफ्नै कहानी बताउने हो ? या त गुगल, क्रोम ब्राउजर र युट्युबमा हतारहतार लग इन गर्ने हो ? सबैले सोचौ ! ‘होलीः के भनु र खै ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here