खुवालुङमा राजनीति नगर्न चेतावनी

0
774

दमक ।

संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्स सरकारले खुवालुङ् फुटाउने कुचेष्टा गरे चुप लागेर नबस्ने बताएको छ ।

पूर्व लिम्बुवान र किरात(खम्बुवान)को सीमानामा रहेको खुवालुङ् किरात सभ्यता भएको भन्दै भोलेन्टियर्सले सरकारको कदमको घोर भत्र्सना गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिराटनगरमा आयोजित पार्टीको कार्यक्रममा दूधकोशी, अरुण र तमोर नदीको संगम स्थलमा रहेको खुवालुङलाई फुटाएर पानी जहाज चलाउने उद्घोष गरेसँगै त्यसको विरोध गर्दै पूर्वको किरात सभ्यता र संस्कृतिमा आस्था राख्ने विभिन्न जातीय संघ–संस्था र आदिवासी जनजाति साहित्यकार महासंघ, जसपा र जनमुक्ति पार्टीले त्यसको विरोध जनाएको थियो ।

भोलेन्टियर्सका केन्द्रीय कार्यवाहक कमाण्डर राजु राईद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत लिम्बुवान र किरात (खम्बुवान) को साझा मुटु खुवालुङ्माथि नश्लवादी राज्यसत्ताले राजनीति गर्न खोजेको आरोप लगाउँदै मञ्च मातहतको युवा शक्ति लिम्बुवान भोलेन्टियर्सले भत्र्सना गरेको हो ।

राज्यले कथम्कदाचित खुवालुङलाई छुने मात्रै चेष्टा गरेमा भोलेन्टियर्स जस्तोसुकै कदम उठाउन बाध्य हुने समेत विज्ञप्तिमा उल्लेख गरेको छ । यतिबेला एकाएक खुवालुङको चर्चा चुलिएसँगै राजनीतिकर्मी, पत्रकार, अधिकारकर्मी, संघ–संस्थाका प्रतिनिधिहरु सो क्षेत्रमा दिनका दिन जान थालेको स्थानीय जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here