राप्रपा अर्जुनधाराको अध्यक्षमा खतिवडा निर्विरोध निर्वाचित

0
857

अर्जुनधारा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा नगर समितिको आइतबार सम्पन्न एकता अधिवेशनबाट अध्यक्षमा सूर्यकुमार खतिवडा निर्वाचित भएका छन् ।

यस अघि समितिमा उपाध्यक्ष रहेका उनी उक्त अधिवेशनबाट आगामी चार वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष खतिवडाले सोही दिन पार्टीको विधान अनुसार उपाध्यक्षद्वयमा गणेश दाहाल र राजकुमार चौहन, महिला उपाध्यक्षमा कञ्चन खड्का र सचिवमा सुरेन्द्र आचार्यलाई मनोनयन गरेका छन् ।

४१ सदस्यीय समितिको आठ पदाधिकारीमध्ये बाँकी दुई सहसचिव र एक कोषाध्यक्षको पदमा आगामी बैठकबाट मनोनयन गरिने अध्यक्ष खतिवडाले जानकारी दिए । त्यसैगरी समितिमा नगरको ११ वटा वडाबाट तीन जनाका दरले ३३ जना सदस्य निर्विरोध निर्वाचित भएको बताइएको छ ।

नगर समितिका अध्यक्ष छविलाल लम्सालको अध्यक्षता र पार्टीका केन्द्रीय महामन्त्री एवम् संघीय सांसद् राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनको उद्घाटन सत्रमा पार्टी स्थापना देखि हालसम्म योगदान पु¥याउने १३ जना व्यक्तित्वलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

त्यसरी सम्मानित हुनेहरुमा इन्द्रबहादुर बुढाथोकी, उमानाथ ढुङ्गेल, डम्बर पुरी, नन्दीकेशर भट्टराई, पदमलाल श्रेष्ठ, भीमबहादुर खड्का, भीमबहादुर खतिवडा, भीष्मभूषण संग्रौला, मनमाया शिवाकोटी, मेघनाथ चौहन, मेदनीप्रसाद चापागाईं, शिवप्रसाद अधिकारी र शिवलाल गिरी रहेका छन् ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, पार्टीका केन्द्रीय सदस्य भक्तिप्रसाद सिटौला, झापाका अध्यक्ष अम्बरबहादुर विष्ट, उपाध्यक्ष देवराज रिजाल, सचिव केशवप्रसाद ओझा, सदस्य लवकुश गिरी, क्षेत्रीय अध्यक्ष नारायण राजवंशी, उपाध्यक्ष गोविन्द कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उपाध्यक्ष खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार चौहनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here