कुमारी बैकको वार्षिकोत्सवमा वृक्षरोपण

0
689

बिर्तामोड ।

कुमारी बैंक लिमिटेडको २० औं वार्षिकोत्सवको अवसरमा बैकको बिर्तामोड शाखाले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोडस्थित देवी क्याम्पस परिसरमा वृक्षरोपण कार्यक्रम गरिएको कुमारी बैंक लिमिटेडका बिर्तामोड शाखा प्रमुख देवराज नेपालले जानकारी दिए । उक्त कार्यक्रममा बैंकका कर्मचारीले स्वामी, धुपीलगायतका विरुवा रोपेको उनले बताए ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको बताउँदै कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग मार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको जानकारी दिए ।

कार्यक्रममा देवी क्याम्पसका क्याम्पस प्रमुख लेखनाथ भट्टराईले कुमारी बैंकको वार्षिकोत्सवको सफलताको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here