एलजीवीटीआईका बारेमा शिक्षकलाई प्रशिक्षण

0
1459

बिर्तामोड ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको मानवअधिकारका लागि काम गर्ने संस्था मितिनी नेपालले विद्यालयमा हुने यौनिक तथा लैङ्गिक अल्पसंख्यकका समस्याबारे नीजि तथा सामुदायिक विद्यालयका शिक्षकहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले विद्यालयमा भोग्नु परेका समस्या र शिक्षकहरुले समस्या पहिचान गर्न नसक्दा आइपर्ने अफठ्याहरुको पहिचान गरी अध्यापनमा सहजता प्रदान गर्ने उद्देश्यले नीजि तथा सामुदायिक विद्यालयका शिक्षकहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको मितिनी नेपालकी कार्यकारी निर्देशक सरीता केसीले जानकारी दिइन् ।

कार्यक्रमको सहजीकरण व्लु डाइमण्ड सोसाइटीका सामुदायिक वकालतकर्ता सुमन तामाङ , मितिनी नेपालकी कार्यकारी निर्देशक सरीता केसी, मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानलगायतले गरेका थिए ।

उनीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजीवीटीआई)का बारेमा सहभागि शिक्षकलाई जानकारी गराएका थिए ।

कार्यक्रममा झापाका नीजि तथा सामुदायिक विद्यालयका २० जनाभन्दा वढी शिक्षकहरुको सहभागिता रहेको मितिनी नेपालकी प्रदेश नं. १ कि संयोजक कविता तामाङले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here