आयोजनाको सार्वजनिक सुनुवाई

0
822

उमानाथ भण्डारी,
कमल ।

उन्नत धान उत्पादन ब्लक आयोजना समिति र मकै सघन बाली विकास आयोजना समितिको संयुक्त आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना ब्लक विकास कार्यक्रम २०७७÷०७८ अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा दुबै आयोजना मार्फत भएका कृषि कार्यक्रमहरु, कृषि औजार उपकरण वितरण लगायतका विवरण प्रस्तुत गरिएको थियो । उन्नत धान उत्पादन ब्लक आयोजनाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षता तथा चुलाचुली गाउँपालिका प्रमुख प्रदिपचन्द्र राईको प्रमुख आतिथ्य र कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाको विशेष आतिथ्य रहेको थियो ।

उन्नत धान उत्पादन ब्लक आयोजनाका सचिव सुरेन्द्र भट्टराईले कार्यक्रमको सञ्चालन गरेको कार्यक्रममा स्वागत मकै सघन बाली बिकास आयोजनका उपाध्यक्ष बिष्णुमाया सिटौलाले गरेकी थिइन् ।

कार्यक्रममा उन्नत धान उत्पादन ब्लक आयोजनाका सचिव सुरेन्द्र भट्टराई र मकै सघन बाली विकास आयोजनका सचिव सन्तोष थाम्सुहाङले औचित्यमाथि प्रष्ट पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here