बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

0
629

उदयपुर।

उदयपुरको चौदण्डीगढी–१० ईक्राहाका ६२ बर्षीय जगनारायण श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ ।

आज बिहान सवा १० बजे चौदण्डीगढी-१० स्थित राजमार्गमा त्रियुगा पब्लिक बोडिङ स्कुल खैराझोडाको को १ ख २७४८ नम्बरको बसले पैदल हिडिरहेका श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ठक्कर दिने बस र चालक चौदण्डीगढी-१० का ३८ बर्षीय रत्नबहादुर कार्की नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here