झापा,

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अहिले केहीबेर अघि झापा आइपुगेका छन् ।
दुई दिने व्यस्त कार्यक्रम तालिका बनाएर झापा आएका सभापति देउवाले बिर्तामोडस्थित स्वर्गीय गिरीराजकुमारी प्रसाईंको घरमा पुगेर परिवारसँग भेटघाट गर्दै छन्। काँग्रेस झापाका सभापति उद्धब थापाका अनुसार काँग्रेसकी अग्रणी नेतृ प्रसाईंको स्मृतिमा काँग्रेस झापाले दिउँसो १२ बजे पार्टी कार्यालयमा आयोजना गरेको श्रद्धाञ्जली सभामा सभापति देउवा सहभागि हुने छन् । लगत्तै काँकरभिट्टा स्थीत नेपाली काँग्रेसका नेता स्वर्गीय तम्मर राईको परिवारलाई भेट्न देउवा काँकरभिट्टा जाने छन् ।
काँकरभिट्टाबाट धाइजनस्थित काँग्रेस कार्यकर्ताको निधनमा शोक व्यक्त गर्न देउवा धाइजन पुग्नेछन् । आजै अपरान्ह सभापति देउवाले झापको कनकाई नगरपालिकामा निर्माणाधीन तुर्सा हेमरम प्रतिष्ठानको भवन अवलोकन गर्ने र शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान प्राविधिक शिक्षालयको अवलोकन गर्ने छन् ।
त्यस्तै भोलि मंगलबार बिहान ८ बजे बिर्तामोडस्थित टाइमलेस होटलमा काँग्रेस सभापति देउवाको पत्रकार भेटघाट तय भएको छ । त्यसपछि बुद्धशान्ति गाउँपालिका ७ को सुनमाइमा निर्माण गरिएको शहीद याम आचार्यको शालिक सभापति देउवाले अनावरण गर्नेछन् । भोलि अपरान्ह सभापति देउवा काठमाणडौँ फर्किने कार्यक्रम रहेको सभापति थापाले बताए ।


























