झापासहित पूर्वमा भूकम्पको धक्का, केन्द्रबिन्दु सिक्किम

0
1006

झापा ।

भारतको सिक्किममा ६.१ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजेर १ मिनेटमा सिक्किमको राजधानी गान्तोकबाट २५ किलोमिटर दक्षिणपूर्वमा भूकम्पको धक्का महसूस भएको हो ।

भूकम्पको धक्का महसुस झापासहित पूर्वका जिल्लाहरुमा भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ ।

रातको समयमा भूकम्प गएपछि झापासहित पूर्वका जिल्लामा मानिसहरु बाहिर निस्केका थिए । यसैबीच यो समाचार तयार पर्दासम्म झापामा कुनै भौतिक तथा मानविय क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा समेत भूकम्पको कडा महशुस भएको स्थानीयले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here