भारतबाट ल्याइएको १२ हजार माछाका भूरा नष्ट

0
826

काँकरभिट्टा ।

झापाको मेचीनगरमा मंगलबार विभिन्न प्रजातिका १२ हजार वटा माछाका भूरा नष्ट गरिएको छ । अबैधरुपमा नेपालतर्फ ल्याउदैं गर्दा नियन्त्रणमा लिएको माछाका भूरा नष्ट गरिएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको गस्ती टोलीले भारतबाट अबैधरुपमा आठवटा हन्डीमा राखेर नेपालतर्फ ल्याउदैं गर्दा झापाको मेचीनगर नगरपालिका —५ नकलबन्दास्थित एउटा चियाबगानक्षेत्रबाट मंगलबार विहान करिव सवा ७ बजेतिर ती माछाका भूरा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहालले बताउनुभयो ।

नियन्त्रणमा लिएपछि आवश्यक कारवाहीकालागि पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टामा आवश्यक कारवाहीका लागि बुझाईएको थियो ।

पशु क्वारेन्टाइनका प्रतिनिधिहरुले सुरक्षाकर्मीसहितको रोहवरमा खाल्डोमा हालेर करिव डेढलाख रुपैयाँ मुल्य बराबरका माछाका भूरा नष्ट गरेको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here