राप्रपा क्षेत्र नं २ प्रदेश (क)को अध्यक्षमा रिजाल

0
1115

तुलसीप्रसाद निरौला,बिर्तामोड।

राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं २ प्रदेश (क)को अध्यक्षमा शंकर रिजाल निर्वाचित भएका छन् ।

 

राप्रपा झापा क्षेत्र नं २ को क्षेत्रीय परिषद बैठकले प्रदेश (क) को अध्यक्षमा रिजाललाई निर्वाचित गर्दै २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । यसअघि उनी राप्रपा चारपाने र बिर्तामोडको अध्यक्ष रहेका थिए । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध उनी राप्रपाको निवर्तमान बिर्तामोड नगर अध्यक्ष रहेका थिए ।

राप्रपा झापा क्षेत्र नं २ का क्षेत्रीय क्षेत्रीय अध्यक्ष नारायण राजवंशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य राम थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षेत्रीय सचिव किरण पौडेलले स्वागत गरेका थिए ।

निर्वाचन समितिका संयोजक भवानी राजवंशी र सह संयोजक टंक कटुवालले रिजालको अध्यक्षतामा गठन गरिएको २१ सदस्यीय समितिको नाम घोषणा गरेका थिए । नवनिर्वाचित समितिको सदस्यहरुमा केशवप्रसाद ओझा , कमल खरेल , देवी दंगाल, शारदा रिजाल , देवराज रिजाललगायत रहेका छन् ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेल , प्रदेश सदस्य देवी दंगाल , जिल्ला उपाध्यक्ष देवराज  रिजाललगायतले नवनिर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन राप्रपाका जिल्ला सचिव केशवप्रसाद ओझाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here