मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउ स्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पश्चिम तर्फ जादै गरेको ना ४ ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश १–०२–०४३प ३७९५ नम्बरको मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा ट्रकसँग ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा १२ का ३५ बर्षीय महेन्द्र थापा गम्भिर घाईते भएका थिए ।
उनको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्रक र ट्रक चालक मकवानपुर हटौडा ७ बस्ने ३२ बर्षीय निलकुमार तामाङ नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।






























