बालज्योतीका ७० जना विद्यार्थीलाई पोशाक

0
745

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९स्थित बालज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमकोबीच पोशाक वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धीमान लिम्बूको अध्यक्षता र वडाध्यक्ष पुष्पकुमार प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालय र विद्यालय अन्र्तगत रहेको चारघरे बाल विकास केन्द्रका ७० जनालाई उक्त पोशाक वितरण गरिएको हो ।

वितरण गरिएको पोशाकहरुमा ७० थान टिसर्ट, ७० थान ट्राउजर र ७० थान ज्याकेट रहेको बताइएको छ । उक्त पोशाकहरु वैदेशिक रोजगारीको क्रममा हाल इजरायलमा कार्यरत् भीमाकुमारी वन पुरी“सविता”बाट सहयोग प्राप्त भएको सामाजिक अभियन्ता मिलन राईले जानकारी दिए ।

प्रमुख अतिथि वडाध्यक्ष प्रसाईं, नगर कार्यपालिका सदस्य हरिमाया भण्डारी दाहाल, सुखानी शहीद स्मृती उद्यानका अध्यक्ष टंक बराल, भूवनेश्वर शिव पाञ्चायन आनन्द धाम व्यवस्थापन समितिका अध्यक्ष डिल्ली चापागाईं, नमूना सामुदायिक वन उपभोक्ता समूहकी सचिव ठकूरानी काफ्ले, दाताका ससुरा डम्बर पुरी, सासु लीलामाया पुरी, स्थानीय समाजसेवी युवराज प्रसाईंलगायतले उक्त पोशाकहरु विद्यार्थीलाई प्रदान गरेका थिए ।

शिक्षक विनम अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक पूजा भारतीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here