करेन्ट लागेर एक जनाको मृत्यु

0
600

सुनसरी।

सुनसरीको ईटहरी उप–महानगरपालिका–५ मा बुधबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

ललितपुर महाकाल गाउँपालिका–४ घर भई ईटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ बर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहान पौने १२ बजेको समयमा डिसहोमको फाईबर तार टाङने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाईते भएका दुलाललाई उपचारको लागि बिराटनगरको नर्सिंहहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here