
परिवर्तनशील धर्मवाहक ‘समय’–को गति बेरोक छ र त्यो गतिले मान्छे लगायत प्राणी–जगतका सम्पूर्णको मनोविज्ञानमा फेरबदल ल्याउने अद्वितीय क्षमता राख्छ । अर्थात्, समय सँगसँगै सम्पूर्ण जीवजगतको सोच–अवधारणा, जीवन–पद्धति र अभ्यास–शैलीमा आउने परिवर्तनलाई नै नैसर्गिक स्वाभाविकता मानिने गरिन्छ । अतः समय (तष्mभ)–को एकनास गति अन्तर्गत आजको विश्वका औसत मानिस आफूभित्रको मानसिक अधिकार (mभलतब िबगतजयचष्तथ)–लाई स्निग्ध र मुक्त राख्न चाहन्छन्, जस्तै अदम्य विश्वास पोषेका व्यक्ति वा संस्थालाई पनि त्यो अधिकार चाहिँ सुम्पन्न मञ्जुर गर्दैनन् । त्यसैलाई आजको विश्व–साहित्यले मानव–स्वाभिमानको उपल्लो प्राथमिकतामा राखेर परिभाषित गर्ने गरेको छ । त्यसो त अध्यात्म–विज्ञान (कउष्चष्तगब िकअष्भलअभ)–ले मान्छेको भौतिक शारीरिकलाई केवल भौतिक पहिचान नै मात्र मान्दछ । अथवा मान्छेको आत्मासँग सम्पृक्त मानसिक अधिकार नै वास्तविक मान्छे हो भन्ने आध्यात्मिक विश्वास आजको नानाविद विश्वलाई समेत चकित तुल्याइरहेको भौतिक विज्ञानका सामू दुर्दमनीय (ष्लमयmष्तबदभि) सावित भइराखेकै छ । र, त्यही आत्मरुपी मान्छेको सर्वस्व नै ‘मानसिक अधिकार’—को सम्पूर्ण परिभाषा बनेको छ पनि ।
त्यही वैयक्तिक अधिकारलाई मानवीय बुद्धि–विवेक र मूलतः चेतनामा सर्वोपर मानिएकाले आजका औसतले कसैलाई सुम्पदैन । तर, नेपालको यो नितान्त वर्तमानमा एकथरि नेपाली आत्मसम्मान र स्वाभिमान शब्दहरूको सत्यानास गर्दै र अन्यायपूर्ण थिचोमिचो गर्दै मान्छे हुनुको भावभूमिमा अत्यन्त बहुमूल्य वैभबरूपी मानसिक अधिकार सिङ्गै अर्कालाई सुम्पुवा गरेर व्यक्तिगत स्वार्थको जगेर्ना गर्न रमाइरहेका देखिँदा छन् ! आफ्नो स्वार्थनिसृत समृद्धिसँग आफूलाई पूर्ण–सम्पूर्णरूपमा बिक्रीको ‘माल’ बनाउन रमाउने तथा ‘मान्छे चेतनशील प्राणी हो र चेतनाले नै ऊ जीव–जगतमा सर्बश्रेष्ठ भएको हो’ भन्ने यथार्थको तेजोबध गरिरहेको दृश्यावली हेरिरहनु पर्दा हृदयघातक आत्मग्नानि हुने अवस्था अझ–अझ छिप्पिँदै गएको छ यसबेला !
शासकीय शिविरभित्र कै झगडा र तानातान–हानाहानको बबण्डर अनुरक्ति देखिरहनु पर्दा आफ्नो मानसिक अधिकारसहित होमिएका मान्छेरूपी विवेकहीन ती प्राणीहरूलाई यो कलमले पटक–पटक ‘चेसको बोर्डमा ठड्याइने प्लास्टिकका निर्जीव गोटी’–का विद्रुप पात्र भन्ने गरेको छ । अर्थात्, बुद्धिचाल खेल (चेस)–को पटरी (बोर्ड)–मा ठड्याइने गोटीहरू पनि राजा, मन्त्री, हात्ती, घोडा, उँट इत्यादि पदका हैसियतमा हुन्छन् । तर, ती प्लास्टिकका निर्जीव गोटीका ती हैसियत स्वचालित त हुँदैनन् नि ! तिनलाई खेलाडीका हातले नचलादिएसम्म ती केवल प्लास्टिकका निर्जीव गोटीभन्दा बढता के हुन् र ? ठीक त्यस्तै !
‘देश’– को परिभाषाका मुख्य अवयवहरूमध्ये ‘भूगोल’ र ‘जनता’ प्राथमिकतामा पर्ने विश्वव्यापी सनातन मान्यता छ । अहिले भूगोलका सीमाक्षेत्रीय माटो विदेशी अतिक्रमणले घाइते छ भने सबै वर्गीय कित्ताका औसत जनता आँशु र आक्रोस लुकाएर रोदनमय अनुतप्त अवस्थामा छन् । सिङ्गो राजनीति उतार–चढाउ, कर्कश दोहोरी र तँछाड–मछाडको विभीषक गतिविधिग्रस्त भएकाले जनताका नैसर्गिक अधिकार र जीवनयापनका प्राथमिकताहरूलाई अभिभूत मात्र होइन इतिहासकै सबभन्दा अनादृत हालतमा पुर्याइएको मात्र छैन, पञ्चायती ‘विकासको मूल फुटाउने’ मखमली नाराको वर्तमान कम्युनिस्ट संस्करणको ‘समृद्ध नेपाल–सुखी नेपाली’–ले परिहासद्वारा गिज्याइरहेको छ । देशको आर्थिक पुनरुत्थान र पक्षभेदरहित विकासका सबै पक्ष केवल भ्रान्तिग्रस्त कथनीभित्र, उपभोगका असली हकदारका हकमा, केवल मृगमरीचिका बनिरहेको छ ।
मूलतः शक्ति पृथकीकरणको संविधानिर्दिष्ट राज्यको अपरिहार्य विधि–पद्धतिलाई संविधानकै पानामा निद्राको ओखति खुवाएर संघीय लोकतान्त्रिक गणतन्त्रको लोरी–लैबरी सुनाउँदै सुताउने दुष्कर्मले जानकार वर्गका नेपालीलाई ऐंठन गराउँदो छ । र, राज्यका शासकीय–प्रशासकीय अंग र तिनका सिँढी–सिँढीका निकायहरूलाई क्रमशः ‘दर्ता–चलानी’ किंवा शासकीय मुख्तियारको सन्की ‘हुकुम’ तामेलीमा सीमित गरिँदैछ । उधारो आश्वासन छिरोल्ने तीनै तहका सौभाग्यभोगी कार्यकारीहरू साँच्चै कुनै राणा श्री ३ ले बनाएको सिंहदरवारको स्तर सुहाउँदो गुलियो पोष दज्र्यानी भोग्दै मात्र छैनन्, गाउँ–गाउँसम्म सिंहदरवारका सुख–सयलले धन्य भएका छन् । र, साँच्चै राणाकालीन सिंहदरवारको शोषण–प्रविधि प्रकारान्तरले पालिकाका वडाहरूदेखि संघीय सचिवालयहरूसम्मका दज्र्यानी ‘मालिक’– हरूले अनुशरण गरिराखेका छन् र ती सबको व्यवस्थापन गर्ने प्रयोजन निम्ति जनताबाट उठाइने कर—तिरोका दायरा र घनत्व बढाइँदै लगिएको छ । कहीँ कतै अंकुश छैन । अंकुश लाउने अख्तियार प्राप्त राज्यको परमोच्च तह पनि जादूगर किल्भिसको चमत्कारी पुत्तली जस्तो भएको गुनासाहरू जति नै प्रक्षेपित भए पनि ‘निदाएको बहाना गरिरहेको मान्छेलाई ब्यूँझाउन गाह«ो हुने’ जस्तै छ स्थिति ! त्यसो हुँदा अंकुशहीन बन्ने इच्छाधारीले यही अवधारणाबाट आफूलाई दह«ो र बलियो बनाउने क्रम बेरोक राख्नु कुन अस्वाभाविक आश्चर्य हो र ? र, देशको वस्तुगत यथार्थ अघोषित संकटकालको जस्तो कण्टकाकीर्ण गेगरिलो बन्नु र त्यसबाट तीनै तहका सिंहदरवारियाहरूले अधिनायकीय तानाशाही ढाँचाबाट एकाधिपत्यमार्गी शाही वा नवाबी जीवन जिउन सजिलो बनाउने लोभी–पापी आकांक्षालाई सक्रिय गराउनु नै पो, मानव मनोविज्ञानका हकमा, ठूलो आश्चर्य कहाँ हो र ? पक्षभेदी प्रवञ्चना राजनीतिको ‘नैतिक सिद्धान्त’ (भतजष्यअ) हो कि भन्ने भ्रम प्रक्षेपित यो नेपाली वर्तमानका जनता निबिड वनमा अल्मलिए जस्ता बिलखबन्द र छँदैछन् ।
अतः यी सबै प्रकटित दृश्यहरू यत्रतत्र सर्वत्र बिस्तीर्ण देखी–देखी ‘बाङ्गो रूख’–लाई आफ्नो स्वार्थी र उदररम्भी गिरोहका नायिके–मुख्तियारले ‘सोझो’ करार गर्नासाथ ‘सोझो छ’ भनेर स्वर उराल्ने पेशाकर्मीहरूको बढ्दो बुर्कुसी–उफ्रीपाफ्रीको प्रकोप नै दुर्भाग्यको विषय बनेको छ अहिले । यी पेशाकर्मीहरूले आफ्ना मानसिक अधिकार समेत उसरी अर्कालाई सुम्पिसकेर आफूलाई शायद यन्त्रमानव (चयदयत) बनाइसकेका छन्— जसमा मानवीय संवेदना किमार्थ संभाव्य हुँदैन । यन्त्रमानवमा स्पन्दन कहाँ होस् ! धातुको बस्तु निस्पन्द हुन्छ भनेर भनिरहनै पर्दैन । अतः संविधान, ऐन–कानून, नीति–पद्धति र विधिहरूद्वारा निर्मित बाटोलाई सर्बसत्ताको उन्मादी (अचबशथ) कोदालोले भत्काएर आफू र ‘आफ्ना’मात्र अँटाउने स्वेच्छाचारी यात्राको सहज बाटो हिँडेका आफ्ना मुख्तियारसामू मानसिक अधिकारसहित लम्पसार पर्ने ‘मान्छे’ र धातुको मानव शरीर ब्याट्री वा विद्युतको शक्तिले गतिशील हुने यन्त्रमानवमा तात्विक भिन्नता हुँदैन ।
मान्छेले मानसिक अधिकार कसैलाई सुम्पिएपछिको उसको भौतिक शरीरको उपस्थितिमा उसको पार्थिव जीवनको के अर्थ रहन्छ र ? अहिले जनतालाई उनीहरूको जीवन–दैनिकीका अपरिहार्य अभीष्ट अनुकूलका वकवेदान्ती परीकथा (ाबष्चथ तबभि)–ले सम्मोहित गरी तुल्याइएको जनमतको ‘बहुमत’ प्राप्त नेपाल कम्युनिस्ट पार्टी (एमाले)–को सरकारी पार्टी घटकमा ‘आफ्नो विषेकलाई निस्पन्द (mयतष्यलभिकक) राख्न र मानसिक अधिकारसहित आफ्ना मुख्तियार ख्वामितमा आत्म बिसर्जन गर्न मञ्जुरहरूको ठूलो चलखेल–दबदबा छ । यो देशको शासन–प्रणाली ‘संघीय लोकतान्त्रिक गणतन्त्र’–को मियो समाएर दाइँ गर्न जुटेका उनीहरूले देशमा हुन्हुनाइरहेको राजनीतिक अत्याचारको सूत्रपात र विकासक्रम जान्दाजान्दै उनीहरू अन्जान भएको अभिनय गरिरहेका छन् । देश र जनताका प्रतिको उत्तरदायित्व उनीहरूको सरोकारको विषय रहेको उनीहरूको कार्यकारी वा दलीय हैसियतले अनुभूत गरेको देश र जनताको अपेक्षाका नाद–अनुनादमा कतै पनि आभाषसम्म हुन पनि छाडेको छ । समग्रमा, अहिले देश र देशको परिभाषाका अवयव (अयmउयलभलत)–हरू प्रायः सबै नै राजनीतिको अत्याचारी दलनद्वारा क्रमशः घाइते बनाइँदै लगिएको छ मात्र होइन यी सबैको घातकताबाट उत्सर्जन हुने भावी संभावना अझ भयप्रद–अझ विभीषक प्रतीत हुँदैछन् । यस स्थितिको नेपाल ‘सत्तरी वर्षे कष्टकर संघर्षमय प्रयत्नबाट स्थापित’ भनिइरहेको संघीय लोकतान्त्रिक गणतन्त्रको सौष्ठव हो त ?— एउटै यो घटोत्कच्चे प्रश्न अहिले प्रतिष्ठितरूपमा अधिष्टित भई देश र जनतालाई उपहास गर्दै खलनायकीय हाँसो हाँसिरहेको छायाँभास हुन थालेको छ ।
वस्तुतः सर्वसत्ताको निर्रकुश संस्करणमा प्रविष्ट एमालेको सरकारी पार्टी घटक पूर्णकालिन अभ्यास प्रारम्भ गरिसकेका यन्त्रमानवहरूको ‘जी–हजुरी’–मा रमाइरहेको छ । ‘नागरिक’ हैसियत पाउनबाट बञ्चित राख्ने शासकहरूका नेपथ्य–षडयन्त्रबाट अटुट दपेटिँदै आएका निर्धा नेपालीमा दपेट्याइँ चूपचाप सहने वंशानुगत संस्कार नै बनिसकेको हुँदो र अहिलेको ‘नेपाली राजनीति अत्याचार’ प्रकरण उनीहरू (जनता)–का सरोकारको विषय नबनिरहेको हुँदो हो । अब उसो, ‘रैती’ र ‘प्रजा’–बाट राजनीतिका निम्ति संविधान निर्देशित विधि–प्रक्रिया मिलाउने मौसमी खेतालारूपी ‘जनता’–सम्मको दर्जामा पदोन्नत नेपालीलाई, पुनः ‘रैती’ वा ‘प्रजा’कै दर्जामा आकर्षित (मभनचबमभम) तुल्याई २००७ सालअघिको हविगतमा पुर्याउने पूर्वाधार तयारीको आभास हुँदैछ । भविष्य सरेआम सन्दिग्ध बनेको छ ।
यो कलमीले २०३४ सालमा बझाङ, बाजुरा, कालिकोट, सल्याण, नवलपरासी, चितवन, दाङ, बाग्लुङ आदि जिल्लाको भगभग चार महिना अध्ययन भ्रमण गर्दा ती जिल्लाका ठाउँ–ठाउँमा हृदयहीन सामन्ती शोषण, दलन, अन्याय–अत्याचारका हृदयविदारक दृश्यहरू प्रशस्त देखेको थियो । पश्चिम नेपालका अधिकांश पहाडी र कछाड जिल्लाका निर्धा–निमुखाहरूका लागि तिनै क्रूर स्वेच्छाचारी सामन्तहरू ‘राज्य’का एकाधिपति र आफूहरूलाई तिनका जन्मै दास मान्नुको विकल्प थिएन । सामन्त खानदानका हुकुम–आदेशात्मक फर्मानको वैकल्पिक जवाफ त्यस भू–भागको कसैका निम्त पनि कल्पनातीत थियो– मृत्युलाई निम्तो दिनु सरह ! अतः ती चरम शोषित–पीडित नेपालीमा पिलिएको डर–त्रास क्रमशः आक्रोशमा रूपान्तर हुँदै गएकै मनोवैज्ञानिक धरातलमा शायद माओवादी क्रान्ति पाउलिएर शोषण–दमनका दलन विरोधी चेतनाको प्रस्फुटित भई देशव्यापी झाङ्गिएको थियो ।
नेपाली माओवादीलाई प्राप्त प्रारम्भिक ऊर्जा देशको पश्चिमी अविकसित र विकास तथा गरिबी र अभावग्रस्त जिल्लाका एकाधिपति शोषक–सामन्तहरूका अन्याय–अत्याचारबाट युगौं प्रताडित जनताका आक्रोश नै थियो भन्ने यो कलमीको बुझाइ हो । अर्थात्, कुनै पनि कालखण्डमा लामो र अस्वाभाविक जन–मौन (mबकक तबअष्तगचलष्तथ) आँधी आउनभन्दा अघि आकाशमा छाउने सन्नाटा पनि हुन सक्छ । त्यसलाई निरर्थक मानेर हियाउने तुजुक र दम्भ, राजनीतिक अत्याचारका आयामहरू संयोजन गरी जनता र राज्य–प्रणालीलाई जिल्याइरहेका सबैका लागि आत्मघाती सिद्ध हुन पनि सक्तछ । चेतना भया—

























