विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा संगितमय शिव महापुराण हुने

0
657

अर्जुनधारा ।

धार्मिक तथा पर्यटकीय क्षेत्रकोरुपमा विकास हुँदै गरेको झापाको अर्जुनधारा–४ भाङबारीस्थित विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा यही चैत २९ गतेदेखि संगितमय शिव महापुराण सुरु हुने भएको छ ।

समस्त प्राणी जगतको कल्याणको निमित्त चौथो वार्षिक अनुष्ठानको अवसरमा सुरु हुने महापुराण आगामी वैशाख ८ गते राम नवमीका दिन सम्पन्न हुने शुक्रबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

प्रमुख वाचक आचार्य होमनाथ खनाल र उपवाचक कृष्ण चापागाईं रहेको उक्त महापुराणको उद्घाटन धार्मिक व्यक्तित्व एवम् दाता जयनारायण ढुंगानाले गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीले जानकारी दिए ।

महापुराण सम्पन्न गर्न समिति अन्र्तगत आठ वटा उपसमिति गठन गरिएको सचिव प्रेमबहादुर कार्कीले बताए । जस अनुसार सुरक्षा उपसमितिको संयोजकमा भीष्मप्रसाद शिवाकोटी र श्यामलाल दनुवार, दाता समन्वय उपसमितिको संयोजकमा केशव गुरागाईं, प्रचार प्रसार उपसमितिको संयोजकमा होमप्रकाश अधिकारी, आर्थिक उपसमितिको संयोजकमा योगराज पराजुली, गल्ला परिचालन उपसमितिको संयोजकमा मनोरथ शिवाकोटी, खाद्य उपसमितिको संयोजकमा गोपाल राउत, मण्डप व्यवस्थापन उपसमितिको संयोजकमा खगेन्द्र पराजुली र भजन मण्डली उपसमितिको संयोजकमा प्रेमबहादुर कार्की चयन भएका छन् ।

उक्त महापुराण सम्पन्न गर्न अनुमानित चार लाख रुपैयाँ खर्च हुने बताइएको छ । हाल पोखरीसहित सात कठ्ठा क्षेत्रफलमा रहेको मन्दिर परिसरमा आगामी दिनमा गुरुयोजना तयार गरी नवनिर्मित योगमायाको मन्दिरमा देवी योगमायाको प्रतिमा स्थापना, कृष्ण सरोवर कालिया दहनमा कृष्णको मूर्ती निर्माण, विन्ध्याचल पर्वत निर्माण, राधाकृष्ण मन्दिरको निर्माण, अक्षयकोषको स्थापनालगायतका कार्यहरु गर्ने लक्ष्य समितिको रहेको छ ।

समितिको जानकारी अनुसार एक सय वर्ष अघिदेखि नै स्थानीय सबै जातीका समुदायहरुबाट उक्त क्षेत्रमा देवीस्थानकोरुपमा पूजाअर्चना हुँदै आएको उक्त मन्दिर २०६८ सालमा विधिवत् दर्ता भई नामकरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here