मोहनमायाको वार्षिकोत्सवमा सम्मान

0
841

चारपाने।

बिर्तामोड–२ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयको ५३औं बार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा सांसद अग्निप्रसाद खरेल, शिक्षा विकास तथा इकाइ प्रमुख राजकुमार विक, उत्कृष्ट शिक्षकहरु कल्पना ओली, मुकुन्द ढकाल, डम्बरुबल्लभ ओझा, अमितकुमार शर्मा, डिप्लोमा इन सिभिल इञ्जिनियरी प्रथम निराजन भट्टराई, कक्षा ११ उत्कृष्ट विद्यार्थी वितिशा पौडेललाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा चन्द्र–विष्णु राउत स्मृति प्रतिष्ठानद्वारा बर्ष उत्कृष्ट शिक्षक अनिता कार्की बस्नेत, कक्षा ११ उत्कृष्ट छात्रतर्फ निराजन भट्टराई, छात्रातर्फ प्रमिला जोगी, वितिशा पौडेल त्यसैगरी कक्षा १० उत्कृष्ट छात्र सुमन भट्टराई र छात्रा पाल्पासा सेढाई, कक्षा ८ उत्कृष्ट छात्र रिदम राई, छात्रा प्रनिता बाँस्तोला, विद्यालय प्रथम नवीन सहनी, विद्यालय द्वितीय अयूप राई, विद्यालय तृतीय अनिस माझी, मौसम राजवंशीलाई सम्मान गरिएको थियो ।

पूर्व शिक्षक राजेन्द्रकुमार संग्रौलाद्वारा स्थापित कोषबाट शैक्षिक सत्र २०७६ मा कक्षा ५ मा सर्वोकृष्ट अङ्क हासिल गर्ने विशाल चौधरी र पिंकी चौरसिया सम्मानित भएका छन् । शैक्षिक सत्र २०७६ मा नर्सरीदेखि कक्षा ११ र डिप्लोमा इन सिभिल इन्जिनियरी कक्षामा उत्कृष्ट नजिता हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

बिर्तामोडमा सामुदायिक विद्यालयहरु मध्ये शिर्षस्थानमा रहेको मोहनमायामाको बार्षिकोत्सवमा विद्यार्थीले विभिन्न जातीय सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण राजवंशीको अध्यक्षता तथा नेपाल सरकारका पूर्व महान्यायधिवक्ता अग्निप्रसाद खरेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नगर शिक्षक महासंघ बिर्तामोड अध्यक्ष युवराज कट्टेल, बिर्तामोड वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, शिक्षा विकास तथा इकाइ प्रमुख राजकुमार विक, पूर्व सांसद राष्ट्रिय सभा सदस्य माननीय हरिचरण शिवाकोटी, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले बोलेका थिए ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत शिक्षक अनिता बस्नेत कार्कीले गरेकी थिइन । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भवानी राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here