‘रारशि’को नगरस्तरिय छनौट प्रतियोगितामा शनिश्चरे मा.वि.प्रथम

0
806

अर्जुनधारा ।

झापाको अर्जुनधारामा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड नगरस्तरिय छनौट प्रतियोगितामा १२ स्वर्णसहित कुल १९ पदक प्राप्त गरी शनिश्चरे माध्यमिक विद्यालय प्रथम भएको छ ।

विद्यालयका शिक्षक रुद्रप्रसाद खतिवडाले दिएको जानकारी अनुसार उक्त प्रतियोगितामा सिंहदेवी माध्यमिक विद्यालय द्धितीय र जनता माध्यमिक विद्यालय तृतीय भएका छन् ।

नगर खेलकुद विकास समितिका संयोजक एवम् नगरस्तरिय छनौट समितिका संयोजक अर्जुन मेचेको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा एथलेटिक्स, कबड्डी, कराते र भलिबलतर्फका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य बलदेवसिंह गोम्देन, सशस्त्र प्रहरी बल शनिश्चरे बेसका प्रमुख डीएसपी गौतम योञ्जन, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, नेपाल शिक्षक महासंघ नगरका अध्यक्ष पूण्य सुवेदी, एथलेटिक्सका प्रशिक्षक प्रभा काम्बाङ, सुरेन धिमाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक कपिल तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here