कांग्रेस पदाधिकारी बैठक बस्दै

0
753

काठमाडौँ, 

नेपाली कांग्रेसका पदाधिकारी एवम् पूर्वपदाधिकारीको बैठक आज अपराह्न २ बजे बस्दैछ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल हुने जनाइएको छ ।

पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका कार्यसूचीसमेत तय गर्ने बताइएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

पार्टीको १४औँ महाधिवेशन तयारीकै सम्बन्धमा छलफल गर्न सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here