उमानाथ भण्डारी,
कमल ।

नेपाल जेसीजको आयोजना तथा कमलनगर जेसीजको आतिथ्यमा एरिया ए प्रेसिडेण्ट मिट सम्पन्न भएको छ ।
कमल गाउँपालिका वडा नम्वर ५ स्थित होटल रोडवेज एण्ड पार्टी प्यालेसमा सम्पन्न एरिया ए प्रेसिडेण्ट मिटमा मलङ्गवा पूर्व रहेका ४१ वटा जेसीज शाखाका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी मरिससको अवैधानिक वाणिज्य राजदूत गणेश कार्की र विशेष अतिथि कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संयुक्तरुपमा कमल नगर जेसीजले तयार पारेको २०७८ सालको क्यालेण्डर विमोचन तथा कमलनगर जेसीजले तयार पारेको वृत्तचित्रको प्ले बटम थिचेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले युवाले मात्र समृद्ध नेपाल बनाउन सक्छन् र त्यो काम भनेको जेसीजको तर्फबाट मात्र सम्भव हुने बताए ।

त्यसैगरी कोभिड–१९ का कारण धेरै युवा विदेशबाट फर्किएका छन् । उनीहरुलाई अब स्वदेशमै रोजगारीको व्यवस्था मिलाउन आवश्यक छ । यसका लागि सरकारले निजी उद्योग सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आवश्यक रहेको बताइएको छ ।
कोभिड–१९ का कारण धेरै युवा विदेश बाट फर्किएर आएको । उनीहरुलाई रोजगारीका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् । जेसीजमा लागेर आफूले आफुलाई कति परिवर्तन गर्न सके यसको मूल्याङ्कन आफै गर्न अध्यक्ष काफ्लेले आग्रह गरिन् ।

समाजबाट विकृति र विसंगति हटाउँदै समृद्ध नेपाल बनाउन लाग्नुपर्ने नेपाल जेसीजका उपाध्यक्ष अरुणकुमार दाहालले बताए । कमल नगर जेसीजका छत्रपति खनाल (गोपाल)को अध्यक्षतामा कार्यक्रमको भएको थियो ।
कमलनगर जेसीजका महासचिव महेश भण्डारीले सञ्चालन गरेको कार्यक्रम निर्देशन कमलनगर जेसीज २०१७ का अध्यक्ष केदार कटुवालले शुभकामना मन्तव्य राखेका थिए ।































