झापामा आइतबार मध्यरातिदेखि निषेधाज्ञा

0
1316

पार्थ मण्डल,
झापा ,झापामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । भारतको पश्चिम बङ्गला र विहारसँग जोडिएको झापा जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले वैशाख १९ गते आइतबार मध्यराती १२ बजेदेखि वैशाख २६ गते आइतबार मध्यराती १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

प्रशासन कार्यालयमा शुक्रवार बसेको जिल्ला स्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को बैठकले यस्तो निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । निषेधाज्ञा उल्लङ्घन गर्ने र आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने प्रजिअ तिमिल्सिनाले बताए ।
निषेधाज्ञामा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, सामाजिक दुरी, स्वास्थ्य मापदण्ड पालना गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने, अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठी नगर्ने, हाट बजार, मेला, जात्राm महोत्सव पार्टी, भोज लगायतको भिडभाड हुने कार्य नगर्ने नगराउने, अत्यावश्यक बाहेक १० वर्ष भन्दा मुनि तथा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरू तथा दिर्घरोगीले कुनै पनि काममा घर बाहिर नजाने, सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, बिमा एव राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले आफ्नो कार्यालय र कर्मचारीहरूको अवस्था हेरी सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा वा अत्यावश्यक सेवाबाहेक अन्य सेवा हाललाई स्थगित गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिम खाना, समूह खेल्ने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदी सञ्चालन गर्ने नपाइने, सार्वजनिक एव निजी सवारी साधन सिटी रिक्सा समेतले निषेधाज्ञा भरी जोर गते जोर नम्बरको तथा बिजोर गते बिजोर नम्बरको सबै प्रकारको सवारीसाधन सञ्चालन गर्ने पाउने, अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीसाधन, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, रेडक्रस, क्वारेनटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवा लगायतका ढुवानी तथा यातायातका साधन सञ्चालन गर्न पाउने, औषधि तथा स्वास्थ्य सामग्री पसल बाहेक अन्य पसल बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म खुल्ला गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्ने, सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा सवारीसाधनमा आवतजावत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी होटेल तथा रेष्टुरेन्टहरुले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने, विवाह, व्रतबन्ध लगायतका अन्य सामाजिक कार्यमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने र त्यसका लागि प्रशासन कार्यालय झापाबाट अनुमित लिनुपर्ने, विवाह व्रतबन्ध जस्ता कार्यक्रममा अन्यत्र जिल्लामा जानु फर्कनु पर्ने भएमा २ वटा सवारी साधनमा बढीमा सात जना सम्मको लागि स्थानीय तहको सिफारिससहित प्रशासन कार्यालयबाट अनुमित लिनुपर्ने र जिल्लाको काँकडभिट्टा र गौरीगञ्ज नाकाबाहेक अन्य नाकाबाट आवतजावत गर्न निषेध गर्ने लगायतको निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ ।

निर्णयको पूर्ण पाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here