साइकलबाट लडेर एक जनाको मृत्यु

0
572

झापा, 
बाह्रदशी गाउँपालिका २ स्थित राजगढबाट कुटीतर्फ साइकलमा जाँदै गरेका बाह्रदशी १ बस्ने अन्दाजी ४० वर्षीय दयालाल राजवंशी साइकलबाट लडेर मृत्यु भएको छ । आफै चलाएको साइकल अनियन्त्रित भएर लडेका राजवंशीलाई स्थानीयले देखेर तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय राजगढबाट प्रहरी टोलीले घाइते राजवंशीलाई उपचारको लागि बिर्ता सिटी हस्पिटल बिर्तामोड पठाएको थियो । उनको शुक्रवार दिउँसो साढे १ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here