निषेधाज्ञामा के गर्ने, के नगर्ने ? आदेशमा के छ ?

0
1526

झापा, विश्वव्यापी महामारीको रुप लिएको नयाँ भेरियन्टको कोभिड–१९को संक्रमण झापा जिल्लामा समेत तीब्र रुपमा बढिरहेका बेला त्यसको नियन्त्रणका लागि आइतवारबाट लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बैशाख १९ गते मध्यराति १२ बजेदेखि बैशाख २६ गते राति १२ बजेसम्म एक साताका लागि निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयका आधारमा प्रजिअ तिमिल्सिनाले निषेधाज्ञा जारी गरेका हुन् । जिल्लामा संक्रमणदर उच्च रुपमा बढेपछि त्यसको विस्तृत सीमक्षा गरी नियन्त्रणका लागि निषेधाज्ञाको अवस्था सृजना भएको बैठकमा सहभागी नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी – श्रवणकुमार तिमिल्सिना

‘कोभिड–१९को संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२०को दफा २ र स्थानीय प्रशासन ऐन २०२८को दफा ६को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरिएको छ’– प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा भनिएको छ– ‘यो आदेशको पालना गर्न÷गराउन सबै व्यक्ति, संघ–संस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ । आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कार्वाही हुनेछ ।’

निषेधाज्ञामा के गर्ने ? के नगर्ने ?

आदेशमा यस्तो छ –
१. सर्वसाधारणका लागि

– अत्यावश्यक काम वाहेक घरवाट बाहिर ननिस्कने ।
– नेपाल सरकारद्वारा तोकिएको समाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने, अनिवार्य मास्कको प्रयोग गर्ने र सेनिटाइजरको प्रयोग गर्ने ।
– कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठी नगर्ने ।
– हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भीडभाड हुने कार्य नगर्ने÷नगराउने ।
– अत्यावश्यक बाहेक १० बर्ष भन्दामुनि तथा ६० बर्ष भन्दामाथिको उमेरका व्यक्तिहरु तथा दीर्घरोगीले कुनै पनि काममा घर बाहिर आवत जावत नगर्ने ।
– कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्ने ।
२. कार्यालय सञ्चालन सम्बन्धमा
– सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था, बिमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीहरुको अवस्था हेरी सम्वन्धित माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा वा अत्यावश्यक सेवा बाहेक अन्य सेवा हाललाई स्थगित गर्ने ।
३. सभा सम्मेलनको हकमा
– सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमीनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, शैलुन, व्यूटीपार्लर, जिमखाना, समूहमा खेल्ने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने ।
४. सार्वजनिक एवम् निजी सवारी
साधन सञ्चालनको हकमा
– सार्वजनिक एवम् निजी सवारी साधन सिटी रिक्सा समेत आइतबारराति १२ बजेदेखि मिति २६ गते राति १२ बजेसम्म झापा जिल्लाभर जोर–बिजोर प्रणालीमा (जोर गते जोर नम्बरको तथा बिजोर गते बिजोर नम्बरको सबै प्रकारको सवारी साधन) मात्र सञ्चालन गर्ने ।
– अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ, मासु तथा मासुजन्य बस्तु बोकेका सवारी साधन, बैक, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, रेडक्रस, क्वारेन्टीन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवा लगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाउने ।
५. अत्यावश्यक खाद्यसामग्रीको हकमा
– औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल बाहेक अन्य पसल व्यवसाय बिहान ६ बजेदेखि दिउँसो ११ बजेसम्म खुल्ला गर्ने ।
– डिपार्टमेन्ट स्टोरको हकमा बिहान ६ बजेदेखि दिउँसो ११ः०० बजेसम्म सञ्चालन गर्ने ।
– खाद्य सामग्री, औषधिपसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्ने ।
६. नेपाल सरकारका कर्मचारी बैक तथा बित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनका हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने ।
७. सञ्चारकर्मी- पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना बिभागले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिने ।
८. होटल तथा रेष्टुरेन्टहरुले अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्ने । मनोरञ्जन तथा सांगीतिक कार्यक्रम जस्ता भीडभाडजन्य कार्यक्रम नगर्ने नगराउने ।
९. बिवाह (दुलाहा दुलहीसहित), ब्रतबन्ध लगायत अन्य सामाजिक कार्यका लागि २५ जनाभन्दा बढी नहुने गरी सहभागी हुन पाउने र उक्त कार्यका लागि पार्टी प्यालेस÷होटल प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने ।
१०. विवाह÷ब्रतबन्ध जस्ता कार्यक्रममा सहभागी भइ अन्यत्र जिल्लामा जानु÷फर्कनु पर्ने भएमा २ वटा सवारी साधनमा बढीमा ७ जनासम्मको लागि स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयवाट अनुमति लिनुपर्ने । काठमाण्डौ उपत्यकाको हकमा अनुमति उपलब्ध नगराइने ।
११. नेपाल सरकारवाट खुला गरिएको अन्तर्राष्ट्रिय प्रवेश बिन्दुहरुमध्ये यस जिल्लामा रहेको काँकरभिट्टा र खजुरगाछी नाकाबाट आवतजावत गर्न नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्नु पर्ने र अन्य नाका तथा गौडाहरुबाट आवतजावत गर्न निषेध गर्ने ।
१२. आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानून बमोजिम सजाय हुने छ ।

पत्रकारलाई अवरोध नहुने
बिर्तामोड, बैशाख १७। निषेधाज्ञाको अवधिमा सञ्चारकर्मीले सूचना विभागले जारी गरेको, नेपाल पत्रकार महासंघले जारी गरेको र कार्यरत सञ्चारसंस्थाको मध्ये कुनै एक परिचय–पत्र देखाए सूचना संकलन तथा सम्प्रेषण गर्न आवातजावतमा कुनै अवरोध नहुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताएका छन् ।
निषेधाज्ञामा सूचना विभागको परिचयपत्रको आधारमा आवातजावत गर्न दिने उल्लेख गरिएकोमा त्यसप्रति नेपाल पत्रकार महासंघ झापा शाखाकोतर्फबाट अध्यक्ष एकराज गिरीले प्रजिअ तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए । प्रजिअले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सूचना विभाग, पत्रकार महासंघ वा सम्बन्धित सञ्चारसंस्थाको परिचयपत्रको आधारमा आवातजावत गर्न दिने व्यवस्था मिलाइने र मातहतका निकायमा सोही बमोजिम सर्कुलर गरिने बताएका छन् ।

निर्णयको पूर्ण पाठ ।

इ पेपर हेर्न यहाँ क्लिक गर्नुहोस् ।18 baishakh final

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here