नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण तथा पद हस्तान्तरण

0
1258

तीर्थ तिम्सिना
झापा, बुद्धशान्ति उद्योग बाणिज्य संघ बुद्धशान्ति झापाले नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण तथा पद हस्तान्तरण गराएको छ ।

संस्थाको आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण तथा पद हस्तान्तरण गराएको हो । उद्योग बाणिज्यसंघ बुद्धशान्तिका अध्यक्ष रुद्रप्रसाद चापागाँईंको सभापतित्व तथा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बेणुप्रसाद संग्रौलाको प्रमुख आतिथ्य तथा पूर्वअध्यक्ष गोविन्दप्रसाद पौडेलको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक केशव दाहालले नवनिर्वाचित अध्यक्ष चन्द्र उप्रेतीसहित १३ सदस्यीय पदाधिकारीहरुलाई शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिएका थिए । शपथ ग्रहण पश्चात पदाधिकारिलाई अध्यक्ष चापागाईं, प्रमुख अतिथि संग्रौला, बिशिष्ट आतिथि पौडेल, निर्वाचन संयोजक दाहाल लगायतले प्रमाणपत्र सहित खदाले कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरेका थिए । साथै कार्यक्रममा पूर्वअध्यक्ष, प्रमुख अतिथि, बिशिष्ट अतिथि, निर्वाचन संयोजक लगायतलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले सम्पूर्ण निर्वाचित पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै उद्योगी व्यवसायीको हितमा काम गरेर नमूना कार्यसमितिको रुपमा चिनाउन सफल बन्न शुभकामना दिएका थिए । यता बिशिष्ट अतिथि पौडेलले कोरोना कहरकाबीच व्यवसायीका हितका लागि थप जिम्मेवार भएर कार्य गर्नुपर्ने बताउँदै नवनिर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै अध्यक्ष चापागाँईंले चुनावी मैदानमा हार जित जे भएता पनि अब आउँदो दिनमा व्यवसायी उद्योगीका लागि गरिने जुनसुकै कार्यमा पनि संगै हातेमालो गरेर अघि बढनुपर्ने बताए । उनले नवनिर्वाचित टिम युवा भएकाले जोस् जाँगरले कार्य गर्न प्रेरित गर्दै शुभकामना समेत दिएका थिए । शपथ ग्रहण पश्चात नवनिर्वाचित अध्यक्ष चन्द्र उप्रेतीले विश्वास गरेर भोट दिनुहुने सम्पूर्ण व्यवसायी मतदातालाई धन्यवाद दिएका थिए । उनले जुन विश्वासले जिताउन सहयोग गर्नुभयो त्यो विश्वासलाई कहिल्यै गुम्न नदिने समेत बताए ।
उनले आफ्नो कार्यकाल उद्योग, व्यवसायीकै हितमा कार्य गरेर बित्ने समेत बताए । उनले उद्योग बाणिज्यसंघको संस्थागत हित र उद्योगी व्यवसायीको स्तर बढाउन स्थानीय निकाय, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ–संस्था लगायतसंग हातेमालो गर्दै अघि बढ्ने समेत बताए । निर्वाचन समितिकि सदस्य मेनुका खड्का तिवारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य घनश्याम सापकोटाले गरेका थिए । कोरोना कहरको विषम परिस्थितिमा सामाजिक तथा भौतिक दुरी कायम गर्दै सतर्कतासहित कम उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here