वाणिज्य संघको अगुवाईमा बिर्तामोडमा अनुगमन

0
433

बिर्तामोड,
बिर्तामोड क्षेत्रका पसलमा कोरोना भाइरस संक्रमणबाट बच्न तथा बचाउनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पालनाको अवस्थाको सरोकारवालाले अनुगमन गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वमा संघका पदाधिकारी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निशेष चापागाँईसहितको टोलीले बिर्तामोड बजार क्षेत्रको अनुगमन गरेको हो । बिर्तामोडको प्रसाईं मार्केट, सुन मार्केट, शनिश्चरे रोडका पसल, कृषि थोक बजार परिसर, कृषिथोक रोड, मेघा मार्केट, सुरेश मार्केट, हनुमान कम्प्लेक्स, थापा मार्केट, पोखरेल मार्केट, विशाल बजार, धनराज मिनीमार्केट लगायतका पसलमा टोलीले अनुगमन गर्नुका साथै मास्क वितरण गरेको अनुगमनमा सहभागी बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

अनुगमनका क्रममा अधिकांश पसलले मापदण्ड पालना गरेको, मापदण्ड पालना नगर्नेलाई सचेत गराइएको, मास्क, सेनिटाइजर, भौतिक दूरी लगायतका मापदण्ड पालना गर्न÷गराउन आग्रह गरिएको थियो । अनुगमन टोलीमा संघका जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराई, महासचिव अर्जुनकुमार मैनाली, वाणिज्य सचिव कृष्ण पौडेल, कोषाध्यक्ष दीपेन्द्र राउत, सहकोषाध्यक्ष राधिका चुडाल हुमागाँई, सदस्य गुञ्जन प्रसाईं, गौरीशंकर गुप्ता, तुलसा खनाल ढकाल सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here