कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस पारित गर्न मन्त्रिपरिषद् बैठक बस्तै

0
1048

झापा,
मन्त्रिपरिषद् बैठक आज अपरान्ह ४ वजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएको मन्त्रीहरुले जानकारी दिएका छन् ।

बैठकका एजेण्डा भने नखुलाइएको बताइएको छ । मन्त्रिपरिषदको नियमित बैठक भएकाले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुने बताइएको छ ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाउनुभएको हो ।

कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here