मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु, दुई घाईते

0
720

मोरङ, मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी–उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना मृत्यु र २ जना घाईते भएका छन् ।

आज बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र.१.०२.०४१ प. २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१.०२.०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ बर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाईकल चालक रंगेली नगरपालिका ५ का २१ बर्षीय मनजय ठाकुर र सोही मोटरसाईकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० बर्षीय नबिन ठाकुर घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

दुर्घटनामा संलग्न दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here