झापामा झापा आइरन प्रालि स्थापना

0
932

बिर्तामोड,
व्यवसायिक क्षेत्रका चारजना अगुवाले झापा आइरन प्रालि स्थापना गरेका छन् । सबै प्रकारका निर्माण सामग्रीको बिक्री वितरणका लागि झापामा नयाँ कम्पनी स्थापना भएको हो ।

व्यवसायिक क्षेत्रका अगुवा ज्ञानुराम प्रसाई, सुभाष भट्टराई, राहुल शर्मा र प्रकाश लिङदेनको साझेदारीमा झापा आइरन प्रालि स्थापना भएको छ । प्रालिको अध्यक्षमा प्रसाई र प्रबन्ध सञ्चालकमा भट्टराई हुनुहुन्छ।

भर्खरै स्थापना भएको कम्पनीले निर्माण सामग्रीको बिक्री सुरु गरेको छ । उदयपुर सिमेन्ट उद्योगले उत्पादन गरेको गैंडा सिमेन्टको बिक्रीबाट कम्पनीले आफ्नो व्यवसायिक यात्रा प्रारम्भ गरेको अध्यक्ष प्रसाईले बताउनुभयो ।

बिक्री केन्द्र नहुँदा उपभोक्ताले सहज ढङ्गले झापामा गैंडा सिमेन्ट पाउन सकिरहेका थिएनन् । चुन ढुङ्गा प्रयोग गरेर बनाइएको गैंडा सिमेन्ट अरु सिमेन्टको तुलनामा धेरै गुणस्तरीय र भरपर्दो मानिन्छ । यो सिमेन्ट झापाको बजारमा प्रतिबोरा ८४० रुपैयाँमा उपलब्ध हुन्छ ।

पूर्वाधार निर्माणको बढ्दो अवस्थालाई ध्यानमा राखेर कम्पनी स्थापना गरिएको प्रबन्ध सञ्चालक भट्टराईले बताउनुभयो । उच्च गुणस्तरीय सामग्रीको बिक्री तथा प्रवर्द्धनका लागि कम्पनीले पहिलोपटक गैंडा सिमेन्ट रोजेको हो ।

मेचीका पहाडी जिल्लामा समेत उपलब्ध हुने गरी झापा आइरन प्रालिले गैंडा सिमेन्टको बिक्री सुरु गरेको छ । प्रतिवर्ष कम्तिमा एक लाख बारेमा गैंडा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखिएको प्रबन्ध सञ्चालक भट्टराईले जानकारी दिनुभयो ।

सबै प्रकारका निर्माण सामग्रीको बिक्रीका लागि कम्पनीले झापाको विर्तामोड र कनकाई नगरपालिकामा बिक्री केन्द्र स्थापना गरेको छ । बिर्तामोडमा भने सुगम शान्तिटोलमा बिक्री केन्द्र स्थापना भएको छ ।

बिक्री केन्द्रमार्फत सिमेन्ट, रड, रङ लगायतका निर्माण प्रयोजनका सामग्री थोक तथा खुद्रा मुल्यमा बिक्री गर्ने झापा आइरन प्रालिका अध्यक्ष प्रसाईले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here