‘नबोल्ने बा’स्मृति प्रतिष्ठानको क्यालेण्डर विमोचन गर्दै पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा

0
736

झापा, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ‘नबोल्ने बा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको क्यालेण्डरको एक कार्यक्रमकाबीच बिमोचन गर्नुभएको छ ।
झापाको वुद्धशान्ति गाउँपालिका ५ मा कार्यालय रहेको प्रतिष्ठानले प्रकाशन गरेको क्यालेण्डरको विमोचन गर्दै पूर्ब प्रधानमन्त्री देउवाले वाक क्षमता नभएका स्वर्गीय लोकनाथ खतिवडाले समाजमा पु¥याउनु भएको योगदानको समेत चर्चा गर्नुभयो ।
सहिद यमवहादुर आचार्यको सालिक अनावरण कार्यक्रमका लागि झापा आउनु भएका सभापति देउवाले नवोल्ने वा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको क्यालेन्डर विमोचन गर्नुभएको थियो । सो अवसरमा नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री कृष्ण प्रसाद सिटौला, नेपाली कांग्रेसका नेता केशवकुमार वुढाथोकी, नेपाली काग्रेसका प्रवत्ता विश्वप्रकाश शर्मा लगायत पार्टीका शीर्ष नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यहाँबाट श्रब्यदृष्य हेर्न सक्नुहुन्छ । 

झापाको साविक शान्तिनगरमा गाउँ विकास समतिमा १९९२ वैशाख ४ गते जन्मनु भएका लोकनाथ खतिवडाको विस २०७५ साल फागुन २५ गते निधन भएको थियो । जन्मजात बोली नआएका लोकनाथ खतिवडा शान्तिनगरमा ‘नबोल्ने बा’ नामले परिचित हुनुहुन्थ्यो । उहाँले नै शुरु गरेको तीनतले खेती अहिले झापाको पूर्वाेत्तर भू– भागमा निक्कै लोकप्रिय छ ।


करिब १२ विगाह जमिनमा चिया, सुपारी, बेसार र मरिच एकैठाउँमा फलाएर सफल कृषकका रुपमा जिल्लामा ख्याति कमाउनु भएका खतिवडा आफू जन्मजात नबोल्ने भए पनि समाजका लागि थुप्रै उदाहरणीय काम गर्नुभएको छ ।
कर्ममा विश्वास राख्ने खतिवडाले गरेका सामाजिक कामको चिरकालसम्म स्मरणका लागि उहाँको मृत्यु पछि पनि आफ्ना सन्ततीहरुले अमर बनाउने कर्मलाई निरन्तरता दिएका छन् ।


पिता मधुसुधन खतिवडा र माता पबित्रा देबी खतिवडाको पुत्ररत्नका रुपमा जन्मलिएका खतिवडाको निधन पछि उहाँका छोराहरुले प्रतिष्ठान स्थापना गरेको लोकनाथका माइला छोरा सुरेश खतिवडाले बताउनुभयो । वुवाको निधन पछि आमा रेनुका खतिवडाको ७३ औं जन्मोत्सवमा प्रतिष्ठान स्थापना भएको हो – प्रतिष्ठानले प्रकाशन गरेको क्यालेण्डर विमोचन समारोहमा प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका सुरेश खतिवडाले बताउनुभयो ।
प्रतिष्ठानको संरक्षकमा स्वा. लोकनाथ खतिवडाकी धर्मपत्नी रेनुका खतिवडा रहनु भएको छ ।
प्रतिष्ठानले प्रकाशन गरेको क्यालेण्डर विमोचन समारोहमा नेपाली कांग्रेसका सभापति देउवा सहित पार्टीका शीर्ष नेताले स्व. लोकनाथ खतिवडाले समाजमा गरेका सामाजिक कार्यको चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here