इलामको पर्यटन व्यवसाय पुनः धरासायी बन्दै

0
931

प्रकाश नेपाल
इलाम,
इलामको पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै इलामका पर्यटकीय क्षेत्र सुनसान भएका छन् ।

गत वर्षको दसैंदेखि इलामका पर्यटकीय गन्तव्य कन्याम, श्रीअन्तु, पानीटार, सन्दकपुरलगायतका क्षेत्रमा पर्यटक आउन थालेका थिए ।

तर, अहिले कोरोना संक्रमणको दर तीव्र भएपछि पर्यटकको चहलपहलमा कमी हुन थालेको छ ।

भारततर्फ कोरोनाको संक्रमण तीव्र रूपमा बढेपछि पशुपतिनगरस्थित नेपाल–भारत सीमा नाका बन्द छ । यसले गर्दा भारतीय पर्यटकको आगमन रोकिएको छ ।

धार्मिक, शैक्षिक, सहकारी र कृषि क्षेत्रको भ्रमणका लागि आउने पर्यटकको संख्या कम भएपछि इलामका होटलमा प्रत्यक्ष असर देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here