प्रधानमन्त्री ओलीको स्वाव संकलन

0
609

झापा, प्रधानमन्त्री केपी ओलीको आज कोरोना भाइरस (कोभिड – १९) संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो ।

यसअघि प्रतिनिधिसभाका सांसदहरुको बुधबार कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ। सोही क्रममा सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका सबै कर्मचारीको नेगेटिभ रिपोर्ट आएको छ। परीक्षण गराएकामध्ये प्रतिनिधिसभाका चारजना सांसद र तीनजना कर्मचारीमा कोरोना पुष्टि भएको संसद सचिवालयले जनाएको छ। अन्यको आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here