राजनीतिक नियुक्तिमा प्रधानमन्त्रीको ‘झापा मोह’

0
967

झापा,
महत्त्वपूर्ण पदहरूमा राजनीतिक नियुक्ति गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख रोजाइमा गृहजिल्ला झापाका व्यक्तिहरू पर्ने गरेका छन्।
आइतबार बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद् बैठकले लोकसेवा आयोगको अध्यक्षमा माधव रेग्मीलाई नियुक्तिको सिफारिश गर्‍यो। रेग्मीको नियुक्ति सिफारिशप्रति अर्थमन्त्रीका सल्लाहकार तथा नेपाल राष्ट्र ब्यांकका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले फेसबूक पोस्टमा व्यङ्ग्य गर्दै लेखे, “अरू जिल्लामा मान्छे पो कहाँ छन्  ?

झापा गौरादह घर भएका रेग्मीको नियुक्ति सिफारिशलाई डा। श्रेष्ठले अकारण व्यङ्ग्य गरेका होइनन्। प्रधानमन्त्री ओलीले एकपछि अर्को सार्वजनिक पदमा आफ्नै गृहजिल्ला झापाका बासिन्दालाई अवसर दिइरहेका छन्। डा। श्रेष्ठ आफैं प्रधानमन्त्री ओलीको झापा मोहको मारमा परेका क्षमतावान् अर्थशास्त्री हुन्। मन्त्रिपरिषद्ले गत फागुनमा झापा घर भएका बमबहादुर मिश्र र डा। नीलम तिम्सिनालाई डेपुटी गभर्नर पदमा नियुक्त गर्‍यो। प्रधानमन्त्रीले आफ्नै जिल्लाबासी रोज्दा प्रतिस्पर्धाबाट बाहिरिन पुगे, डा. श्रेष्ठ।

झापाका विभिन्न व्यक्तिलाई प्रधानमन्त्री ओलीले विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउँदै आएका छन्। प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकालमा ओलीले झापा घर भएका कुमार रेग्मीलाई तत्कालीन कानूनमन्त्री अग्नि खरेलको जोडबलमा न्याय परिषद्‌ मार्फत सर्वोच्च अदालतको न्यायाधीश बनाएका थिए। जब कि, रेग्मी नेपाली कांग्रेसका महासमिति सदस्य थिए।
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ ज्ञान र कार्यदक्षताका हिसाबले डेपुटी गभर्नरका आकांक्षीमध्ये अब्बल मानिन्थे। अर्थमन्त्री विष्णु पौडेलका सल्लाहकार भएका हिसाबले राजनीतिक पहुँच पनि बलियो नै मानिएको थियो। तर, प्रधानमन्त्रीको अडानका अगाडि पौडेलको जोर चलेन र डा। श्रेष्ठ बाहिरिन पुगे।

१९ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले झापा नै घर भएकी जानुका ढकाललाई उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा नियुक्त गर्‍यो। नवनारी मासिक पत्रिकाकी सम्पादक रहेकी ढकाल योजनाविद् र विकासविज्ञ होइनन्, न उनमा यस क्षेत्रको अनुभव छ। उपत्यका विकास प्राधिकरण ऐनले नेपाल सरकारको विशिष्ट श्रेणी वा सोभन्दा माथिल्लो पदमा बसेर काम गरेको वा सम्बन्धित क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिलाई सो पदमा नियुक्त गर्ने व्यवस्था गरेको छ। तर, यसमा अनुभवविहीन ढकालले प्रधानमन्त्री ओलीकै निगाहमा पद पाइन्।

केही दिनअघि राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा डा। कृष्णप्रसाद ओली मनोनीत भए। राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका उनी झापाकै हुन् र त्यसमाथि प्रधानमन्त्री ओलीले पत्याएका पनि।

यसअघि पनि झापाका विभिन्न व्यक्तिलाई प्रधानमन्त्री ओलीले विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउँदै आएका छन्। प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकालमा ओलीले झापा घर भएका कुमार रेग्मीलाई तत्कालीन कानूनमन्त्री अग्नि खरेलको जोडबलमा न्याय परिषद्‌ मार्फत सर्वोच्च अदालतको न्यायाधीश बनाएका थिए। जब कि, रेग्मी नेपाली कांग्रेसका महासमिति सदस्य थिए।

नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा झापा नै घर भएका गंगाप्रसाद उप्रेतीलाई दोहोर्‍याएर नियुक्ति दिइएको छ। गत माघमा झापाकै होमप्रसाद गौतमलाई साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्ति दिइएको छ।
झापाकै डा। युवराज खतिवडा त प्रधानमन्त्रीका खास रुचाइएका विज्ञ भइहाले। राष्ट्रिय सभा सदस्य, अर्थमन्त्री हुँदै डा। खतिवडालाई प्रधानमन्त्री ओलीले अहिले अमेरिकाका लागि नेपाली राजदूत बनाएर वाशिङ्टन डीसी पठाएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा झापा नै घर भएका गंगाप्रसाद उप्रेतीलाई दोहोर्‍याएर नियुक्ति दिइएको छ। गत माघमा झापाकै होमप्रसाद गौतमलाई साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्ति दिइएको छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा झापा गौरादहका डा। धर्मकान्त बाँस्कोटालाई नियुक्ति दिइएको छ। गोरखापत्र संस्थानको सल्लाहकार सम्पादक बनाइएका गोपाल खनाल पनि झापाकै हुन्। त्यसैगरी, झापा घर भएका दीपक पाठकलाई प्रेस काउन्सिलको सदस्य बनाइएको थियो। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी पनि झापाकै हुन्। त्यसैगरी, बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पनि झापाका हुन्। नागरिक लगानी कोषको अध्यक्षमा नियुक्ति पाउने डा। रामचन्द्र भट्टराई पनि झापाकै हुन्। गत वर्ष नेपाल राष्ट्र ब्यांकका गभर्नरमा नियुक्ति पाएका महाप्रसाद अधिकारीको झापासँग साइनो जोडिएको छ । खोटाङमा जन्मिएपनि अधिकारी परिवार झापामा लामो समय बसेको थियो, उनको परिवारको नाममा झापामा अचल सम्पत्ति छँदैछ ।

यसअघि प्रधानमन्त्री ओलीले २०७५ भदौमा झापाका मदन खरेललाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेका थिए। तर, खरेलले बीचैमा राजीनामा गरे। झापाकै अग्नि खरेललाई पनि महान्यायाधिवक्ता पदमा नियुक्ति दिइएको थियो, तर खरेलले पनि राजीनामा गरेका छन्। झापाकै नवीनकुमार घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमख आयुक्त बनाइएको थियो, तर उनको पदावधि सकिइसकेको छ।

श्रोत : https://www.himalkhabar.com/news/123337

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here