एक हप्तापछि आगो नियन्त्रणमा

0
757

झापा, मेचीनगर १५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो एक हप्ता पछि पूर्ण नियन्त्रणमा आएको छ । वैशाख २० गते राति ३ बजेतिर सल्किएको आगो आइतवार राति १२ वजे वाट पूर्ण नियन्त्रणमा आएको हो ।

शुरुमाआगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी जिल्लाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी ७ वटा दमकल परिचालन गरिएका थियो । तर पछि आगो पूर्ण नियन्त्रणमा ल्याउन प्रत्येक दिन तिन वटा दमकल, ६ वटा ट्याक्टर,२ वटा टिपर र ३ वटा जे सि भि प्रयोग गरीएको थियो ।

निलकोठी भन्ने ठाउँमा रहेको ब्रिकेट फ्याक्ट्रीमा लागेको आगोबाट १३ देखि १५ करोडसम्म क्षति भएको उद्योगी चण्डी पराजुलीले वताउनुभयो । आगलागीबाट एउटा पुरै युनिट जलेर नष्ट भएको छ ।

आगलागीबाट फ्याक्ट्री , त्यहाँ रहेको मेशिन , ट्रयाक्टर , जेसीबी , कच्चा पदार्थ , तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको संचालक आदित्य पराजुलीले वताउनुभयो । आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५५ लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको पराजुलीलले जानकारी दिनुभयो ।
बिद्युत सर्ट भई अचानक आगलागी भएको थियो ।करिव तीन वर्षअघि सो फ्याक्ट्री स्थापना गरिएको हो । फ्याक्ट्री डेढ विगाह क्षेत्रफलमा फैलिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here