विश्वासको मत लिन असफल भएसँगै प्रधानमन्त्री ओली संविधानबमोजिम स्वतः पदमुक्त

0
853

झापा, प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे। १५ जना सांसद तटस्थ बसे।

मतदानमा कूल २३२ सांसद उपस्थित थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई(उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका थिए। जसपाकै महन्थ ठाकुर(राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो। एमालेकै माधव नेपाल(झलनाथ खनाल पक्षका केही सांसदहरु बैठकमा अनुपस्थित रहे।

विश्वासको मत लिन असफल भएसँगै प्रधानमन्त्री संविधानबमोजिम स्वतः पदमुक्त भएका छन् ।

संविधानको धारा एक सयको उपधारा ३ मा ुउपधारा ९१० र ९२० बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछु भन्ने उल्लेख गरिएको छ ।

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन्। जसमध्ये प्रधानमन्त्रीलाई सरकार जोगाउन १ सय ३६ मत आवश्यक थियो। उनले आफ्नै पार्टीबाट समेत पूरा भोट पाएनन्।

अब उनी नेतृत्वको सरकार स्वतः कामचलाउ भएको छ। अब राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन्। प्रमुख विपक्षी कांग्रेस र माओवादी केन्द्रले संविधानको धारा ७६ ९२० अनुसार नै संयुक्त सरकार गठनको प्रक्रिया थालिनुपर्ने माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here