भद्रपुर नगरपालिकाद्वारा मेची अस्पतालमा मेडिकल अफिसरको व्यवस्था

0
944

भद्रपुर ,जिल्लामा कोरोना भाइरस संक्रमित संख्यासँगै भर्ना हुने संक्रमित बढ्दै जाँदा अस्पतालमा जनशक्ति अभाव भएपछि भद्रपुर नगरपालिकाले मेची प्रादेशिक अस्पतालमा दुईजना मेडिकल अफिसरको व्यवस्था गरिदिएको छ ।


जिल्लाका अन्य पालिकाले चिकित्सकसहितको संस्थागत आइसोलेशन व्यवस्था गरिरहेको बेला आफ्नै नगरपालिकामा भएको अस्पताललाई भद्रपुर नगरपालिकाले आफ्नो स्रोतबाट दुईजना मेडिकल अफिसर, एकजना स्टाफ नर्स र दुईजना हेल्थ असिस्टेन्टको व्यवस्था गरेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुले मेची अस्पतालमा रहेको कोभिड उपचार केन्द्रमा सेवा गर्नेछन् ।

सोमबार नगरपालिकाको सभाहलमा नगरप्रमुख श्रेष्ठ, मेची अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेल, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुर, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शान्तिराम भट्टराईसहितको छलफलमा मेची अस्पतालमा थप अक्सिजन प्लान्ट सञ्चालनका लागि पनि भद्रपुर नगरपालिकाले सहयोग गर्ने निर्णय भएको छ । अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या निकै बढेकोले अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।
यसैगरी, नगरपालिकाले नगरभित्रका गम्भीर अवस्थाका कोरोना संक्रमित बिरामी बोक्न एम्बुलेन्ससमेत सञ्चालनमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here