विनोद पाण्डे
झापा, कोभिडले देशका ६० भन्दा धेरै जिल्लामा आक्रान्त पारिरहेको छ । कोभिडलाई नियन्त्रण गर्न केन्द्र सरकार र स्थानीय सरकारले अनेकौं प्रयासहरु गर्दै आएका छन् ।
कतिपय स्थानीय सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको जनगुनासो आइरहेको बेला झापाको कनकाई नगरपालिकाले भने कोभिड नियन्त्रणको लागि विभिन्न योजनासहित ठोस् कामहरु गर्दै आएको पाइएको छ । कनकाई नगरपालिकाले कोभिडका बिरामीहरुलाई लक्षित गरेर डाक्टर अभिषेक नायकको नेतृत्वमा ५० बेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ । निषेधाज्ञाका कारण केही प्राविधिक उपकरणहरु जडान गर्न भने बाँकी रहेको बताइएको छ ।
आईसोलेसन सेन्टर निर्माणको अलावा नगरपालिकाभित्रका नागरिकहरुको लागि प्रदेश १भित्र जुनसुकै ठाउँको अस्पतालसम्म विरामी पु¥याउन नगरपालिकाको एम्बुलेन्स निःशुल्क प्रयोग गर्न पाउने गरी तयारी अवस्थामा राखिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । हाल कनकाई नगरपालिकाभित्र १६० जना सक्रिय कोरोना संक्रमितहरु रहेका छन् । सुरुङ्गा प्राथमिक स्वाथ्य केन्द्रमा कार्यरत डाक्टर अभिषेक नायकलाई नगरपालिकाले कोभिडको विरामीलाई परामर्श र उपचारको लागि काम गर्न जिम्मेवारी प्रदान गरेको छ । डाक्टर नायकले कोभिड पीडितहरुको घर–घरमा पुगेर स्वास्थ्य परामर्श दिने काम गरिरहेका छन् । अहिलेको अवस्थालाई मध्यनजर गरेर २० जनासम्म बिरामीलाई आवश्यक पर्ने अक्सिजनको व्यवस्थापन गरिएको छ ।
आजैबाट कोरोना विरामीहरुको उपचारका लागि २४ सै घण्टा सेवा दिनेगरी विशेष स्वास्थ्य ¥यापिट एक्टिभ टिम तयार पारिएको नगर प्रमुख पोखरेलले जानकारी दिए । ‘विरामीहरुको घरमा जनप्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी औषधि र आवश्यक सामग्रीहरु लिएर आउने गरेको’ कनकाई १ स्थित उप्रेती थरीका एक कोरोना संक्रमितले बताए ।
नगरप्रमुख आफै अक्सिजन र चिकित्कसहरुको टोली लिएर कोभिड विरामीहरुको घरमा पुग्ने गरेका छन् । कनकाई नगरमा अक्सिजन लिनुपर्ने अवस्थामा रहेका तीनजना कोभिड १९का विरामीहरुलाई नगरपालिकाले अक्सिजन घरमै पु¥याइसकेको छ । नगरप्रमुख पोखरेलले भने– ‘कोभिडका विरामीहरुले आत्मबल बढाउने, घरेलु र डाक्टरले लेखेको औषधि नियमित सेवन गर्ने, सन्तुलित खानेकुरा खाएर कोभिडसँग लड्न र त्यत्ति गर्दागर्दै असहज महशुस भए नगरपालिकामा तुरुन्त फोन गर्नुहोला, हामी अस्पताल पु¥याउने छौं । यो अबस्थामा नगरपालिको मुख्य ध्यान कोभिड नियन्त्रणमा रहेकाले कोही नागरिकहरु कोभिडसंग नडराउनु होस्, नगरपालिका तपाईहरुको साथमा छ ।’





























