नेपाल एसबीआईद्वारा महारानीगञ्जका विद्यार्थीहरुलाई पोशाक

0
39
अर्जुनधारा, झापाको अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिहीबार एक कार्यक्रमकोबीच सदनस्तरिय पोशाक वितरण गरिएको छ ।
नेपाल एसबीआई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयमा अध्धयनरत विद्यार्थीहरुको लागि २४४ थान पोशाक वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडा “आकाश”ले जानकारी दिए ।
समितिका अध्यक्ष खतिवडाको अध्यक्षता र बैंककी कोशी प्रदेश प्रमुख एवम् कार्यक्रमकी प्रमुख अतिथि दमयन्ती जोशीको प्रमुख आतिथ्यमा उक्त पोशाकहरु विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा गत शैक्षिक वर्ष २०८१मा कक्षा नर्सरीदेखि कक्षा–९ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई स्टेसनरी सामग्रीबाट पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा चालु शैक्षिक वर्ष २०८२मा एसईई परीक्षामा सहभागी हुने कक्षा–१०का विद्यार्थीहरुलाई सामुहिक विदाइ गरिएको थियो ।
कार्यक्रममा वडाध्यक्ष खगेन्द्र इङनाम लगायतले मन्तव्य राखेका थिए । शिक्षक सूर्यप्रसाद सापकोटाले स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रधानाध्यापक मनबहादुर लिम्बूले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here