
सूचना सञ्चार तथा प्रविधि (आई.सि.टि)को नयाँ विधाको रुप आर्टिफिसियल इन्टेलिजेन्सको (एआई)को नामबाट विकास भएको छ । आजभोलि विश्वमा यसैको चर्चा छ । मानौ एआई नै सबथोक हो । हरेक प्रश्नको जवाफ र समस्याका समाधान बताउने एआई निश्चय पनि युवाहरुका लागि आकर्षक रोजगारी सिर्जनाको माध्यम पनि बन्ने सम्भावना बढेर आएको छ । यसले राम्रो करियर बनाउने कुरामा कुनै शंका छैन । वल्र्ड इकोनोमिक फोरमको एक रिपोर्ट अनुसार, एआईले कतिपय रोजगारीहरु खाइ दिने सम्भावना उजागर गरेको छ, तर यो पनि निश्चित छ कि एआई अब वर्तमान र भविष्य हो । फोरमको रिपोर्टमा सकारात्मक सम्भावना पनि बताइएको छ । एआईले धेरै नयाँ जागिरका अवसरहरू पनि सिर्जना गरिरहेको छ भनि उल्लेख गरिएको छ ।
मोबाइल फोनदेखि बैंकिङ सिस्टम, अनलाइन किनमेल, सामाजिक सञ्जाल र स्वास्थ्य सेवासम्म हरेक ठाउँमा एआई काम गर्दैछ । विशेषज्ञहरू भन्छन्– एआईले नयाँ जागिरहरू सिर्जना गर्नेछ । फोरामको रिपोर्ट अनुसार २०२६ शुरु भएदेखि एआईको कारणले विश्वभर लाखौँ नयाँ जागिरहरू सिर्जना भएका छन् । १२औँ कक्षा पास गरेपछि यदि कसैले एआई क्षेत्रमै क्यारियर बनाउनुपर्दा शुरु गर्नको लागि सही कोर्ष छनौटबाट शुरूवात गर्नुपर्ने हुन्छ । यस छोटो लेखमा भारतमा उपलब्ध शीर्ष पाँच एआई कोर्षहरूबारे चर्चा गरिन्छ । जसले युवाहरुलाई बलियो करियर र राम्रो तलबको अबसर दिन सक्छन् ।
एआईका पाँच शीर्ष कोर्ष :
दिल्लीमा टेक नीतिमा केन्द्रित थिंक ट्याङ्क, एशिया सेन्टरकी निर्देशक र प्रख्यात एआई विशेषज्ञ मेघना बल भन्छिन्– एआई तिनीहरूको लागि अवसर हो जो प्रविधिलाई बुझेर त्यससँग काम गर्न सिक्छन् । धेरै कोर्ष त सरकारले सञ्चालन गर्ने एस.डब्लु, ए.वाई.ए. पोर्टल मार्फत निःशुल्क पनि गर्न सकिन्छ । यस बाहेक जेनरेटिभ एआईका उपकरणहरू कसरी प्रयोग गर्ने भनेर सबैले आधारभूत कोर्ष गर्नुपर्छ । मेशिन लर्निङका आधारभूत अवधारणाहरू, एप्लाइड मेशिन लर्निङका आधारभूत अवधारणासँग सम्बन्धित कोर्ष गर्न सकिन्छ । जसले मेशिनले कसरी काम गर्छ भनी बुझाउने छ । एआई एप्लाइड अन बिजनेस एण्ड डाटा एनालिटिक्स जस्ता कोर्सपनि गर्न सकिन्छ । यसले डाटा ह्यान्डलबारे बुझ्न मद्दत गर्नेछ ।
अर्को हुन सक्छ, एआई रिलेटेड टु प्रोडक्ट एण्ड स्ट्राटेजी म्यानेजमेन्ट, जसले प्रोडक्ट, स्ट्राटेजी र म्यानेजमेन्टसँग सम्बन्धित निर्णयहरू कसरी लिनुपर्छ भन्ने देखाउँछ । एआई कसरी प्रयोग हुनेछ ? सिक्नका लागि यो राम्रो कोर्ष हुनसक्छ । एआई साइबर सुरक्षासँग कसरी जोडिन सक्छ, यो पनि एक विशेष कोर्ष हो, तर यो विशेष रूपले इञ्जिनियरहरूको लागि कोर्ष हुन्छ । साइबर सुरक्षा र रोबोटिक्स जस्ता कोर्षहरूले इञ्जिनियरिङ्गमा करियर अगाडि बढाउने पर्याप्त अवसर दिनेछन् । तर, यदि कसैलाई करियर नै एआईमा बनाउनुछ भने प्रोफेसर आकाश सिन्हा उनीहरूको लागि पाँचवटा उत्कृष्ट कोर्सको सुझाव दिन्छन्, जुन दृढविकल्प हुन सक्छन् ।
एम.बी.ए./पी.जी. डिप्लोमा इन एआई एण्ड बिजनेश एनालिटिक्स :
यो कोर्ष उनीहरूको लागि उपयुक्त छ जो व्यवसाय, व्यवस्थापन र व्यापार पृष्ठभूमिबाट छन् र एआई रणनीति, एनालिटिक्स र उत्पादन व्यवस्थापनमा जान चाहन्छन् । भारतीय व्यबस्थापन संस्थान आई.आई.एम.एस. भारतीय स्कूल अफ बिजनेस र अपग्रेड वा ग्रेट लर्निङ जस्ता एडुटेक कम्पनीहरूसँग सम्बद्ध भएर यो कोर्ष गर्न सकिन्छ । शुल्क लगभग डेढदेखि सात लाख रुपैयाँ पर्छ, जुन कलेज र संस्थान अनुसार फरक पर्न सक्छ । कोर्ष सकेपछि सम्भावित तलब छ देखि बीस लाख रुपैयाँको बीचमा हुनसक्छ । यो पनि कम्पनी र पदमा निर्भर गर्दछ ।
एआई सर्टिफिकेट कार्यक्रम (अनलाइन) :
यो पनि ग्मबअष्तथ वा अन्य अनलाइन एडुटेक प्लेटफर्ममा उपलब्ध छ । प्राध्यापक आकाश सिन्हा भन्छन् कि यसको शुल्क करिब डेढ लाख रुपैयाँको वरिपरि छ । यो तिनीहरूका लागि हो, जो बिल्कुल शुरुको चरणमा छन् र फ्लेक्सिबल लर्निंङ्गसँग एआईको आधारभूत बुझाई बनाउने चाहना राख्छन् । यो कोर्ष गरेपछि पनि वार्षिक तलब १० लाखसम्म पाउन सकिन्छ ।
एम.सी.ए./एम टेक इन एआई एण्ड मेशिन लर्निङ :
आई.आई.टी., एन.आई.टी., आई.आई.आई.टी. र धेरै अन्य प्रमुख विश्वविद्यालयबाट यो कोर्ष गर्न सकिन्छ । यसको अलावा आई.आई.टी.मा एआईसँग सम्बन्धित धेरै कोर्सहरू पनि उपलब्ध छन् । मास्टर्सको शुल्क वार्षिक एक लाखदेखि १० लाखको बीचमा हुन सक्छ, तर यो कोर्ष गरेपछि वार्षिक तलब २२ लाख रुपैयाँसम्म पाउन सकिन्छ । यो कोर्ष तिनीहरूको लागि हो जो एउटा बलियो प्राबिधिक विशेषज्ञता चाहन्छन् ।
बि.एस.सी. या बि.टेक इन एआई र डाटा साइन्स :
दिल्ली टेक्नोलोजिकल यूनिभर्सिटी, वेल्लोर इन्स्टिट्युट अफ टेक्नोलोजी, एमिटी यूनिभर्सिटी, सेन्ट जेवियर्स कलेज, एन.आई.टी. जस्ता ठूला संस्थानहरूबाट यो कोर्ष गर्न सकिन्छ । पूरा प्रोग्रामको शुल्क एक लाखदेखि बीस लाख रुपैयाँसम्म हुन सक्छ । सम्भावित तलब वार्षिक छ देखि १८ लाख रुपैयाँसम्म पुग्न सक्छ । यो कोर्ष तिनीहरूका लागि उत्तम हो, जसले ग्रयाजुएसनको दौरान नै एआईमा विशेषज्ञता चाहन्छन् ।
एआई बुटक्याम्प र इन्डस्ट्री प्रोग्राम :
आई.आई.टी. मद्रास, आई.आई.टी. बम्बे र धेरै ठूला निजी संस्थानहरूमा यो कोर्ष उपलब्ध छ । शुल्क करिब एक लाखदेखि साढे तीन लाख रुपैयाँसम्म हुन सक्छ । कोर्षपछि सम्भावित प्याकेज छ देखि १८ लाख रुपैयाँ वा त्यसभन्दा बढी हुन सक्छ । यो कोर्ष करियर परिवर्तन गर्न चाहने पेशेवरहरूको लागि हो र साथै ती कामकाजी व्यक्तिहरूको लागि पनि हो, जसले एआईमा अप स्किल्ड हुन चाहन्छन् । प्रोफेसर सिन्हा बताउँछन् कि सिनियर एआई रोलमा तलब २५ देखि ४० लाख रुपैयाँ वा त्यसभन्दा बढी हुन सक्छ, खासगरी बेङ्गलुर, हैदराबाद जस्ता टेक हब र ग्लोबल टेक कम्पनीहरूमा ।
नेपालमा विशेषगरी काठमाडौंमा केही टप इन्स्टिच्यूट र कलेजहरुले एआई सम्बन्धी आधारभूत तालिम तथा कोर्षहरु शुरु गरेका छन् । यहाँबाट युवाहरुले आफ्नो पायक समयमा तालिम लिएर या पढेर एआई सम्बन्धी सीप हासिल गरी करियर राम्रो बनाउन सक्छन् । इनभेष्टमेन्ट बैंक गोल्डम्यान स्याक्सको एक रिपोर्ट अनुसार एआईका कारण सन् २०३० सम्म विश्वभर तीन करोड पूर्ण कालीन जबहरू स्थापित हुन सक्छन् ।
जो क्रियेटिभ डाइरेक्टरहरू छन्, लेखकहरू छन् वा कन्टेन्ट स्टूाटेजिष्ट छन्, जहाँ आलोचनात्मक सोच आवश्यक हुन्छ, त्यहाँ एआईले सहयोग गर्न सक्छ । मानिसहरुले जसरी अनुभवबाट सिक्दै जान्छन् त्यसरी नै समयसँगै एआई प्रणाली लगातार सिक्दै र राम्रो हुँदै जान्छ । एआई मोडलहरुको विकास अर्थात् प्रोग्रामीङ्ग त्यसरी नै गरिएका हुन्छन् । यही कारणले यसलाई धेरै कामको विकल्पको रूपमा हेरिएको छ । (एजेन्सी)



























